ताप्लेजुङ/ ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा आज विहानैदेखि यातायात बन्द गरिए पछि तीर्थयात्री मारमा परेका छन् ।
सदरमुकाम फुङलिङदेखि पाथीभरा क्षेत्रको तल्लो फेदीसम्म सञ्चालन हुने यातायात बन्द गरिँदा तीर्थयात्री बीचमै अलपत्र परेका हुन् । सयौं स्वदेशी तथा विदेशी भक्तजनकोे घुँईचो लाग्ने चैते दशैँमा बन्द गरिँदा तीर्थयात्री बीचबाटोमै अलपत्र परेका हुन् ।
तल्लो फेदीलगायत क्षेत्रमा रहेका सवारी साधन काउण्टरबाट अभद्र व्यवहार भएको भन्दै सवारी चालकहरुले नै यातायात बन्द गराएका हुन् । काउण्टरले बिना टिकट चलानी दिने, चालक र यात्रुलाई धम्क्याउने गरेकाले दोषीलाई कार्वाहीको माग गर्दै उनीहरु विरोधमा उत्रेका हुन् ।
मन्दिर दर्शनको समयमा दैनिक ५० देखि १ सय ५० वटासम्म सवारीसाधन सञ्चालन हुने गरेको छ । आफूहरुलाई जानकारी नै नदिई बन्द गरिएको भन्दै प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जीसीले चालकको समस्याको समाधान खोजिने बताएका छन् ।
इमेजखबर