मोरङ। अदालतबाट कैद जरिवाना सजाय भई फरार रहेका प्रतिबादीहरुलाई पक्राउ गर्ने अभियान अर्न्तरगत इलाका प्रहरी कार्यालय रानीले शनिबार थप एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जिल्ला अदालत मोरङबाट कर्तव्य ज्यान तथा डाँका मुद्धामा सर्वश्व सहित जन्मकैद सजाय तोकीएका मोरङ विराटनगर १७ बस्ने ४० बर्षिय मुन्ना मिया रहेका छन्।

पक्राउ परेका उनलाई सोमबार जिल्ला अदालत मोरङको आदेश अनुसार कैद भुक्तानको लागी कारागार चलान गरिएको प्रहरीले जनाएको छ।