इटहरी/ नेपाली सेनाको पूर्वी पृतना मुख्यालय इटहरी अन्तर्गत रहेको सबुज गणमा कार्यरत दुई जना सेना पोखरीमा डुबेको अबस्थामा शव फेला परेको छ ।

पोखरीमा डुबेको अबस्थामा शव फेला परेपनि घटना शंकास्पद रहेको बताइएको छ । सबुज गणका लेस नायक दर्जाका ३० बर्षिय दोलखबहादुर चन्द र सोही उमेरका भरत विकको शव रहेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी संञ्जय राउतले बताए ।

रातको ९ बजे सबुज गण हाता भित्रै रहेको पोखरीमा भेटिएपछि रातारात पोष्टमार्टमको लागी बीपी कोईराला स्वासथ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । राती उनीहरुको ढुकढुकी बाँकी रहेको थियो लगातै धरान लगे पनि अस्पतलाले मृत घोषणा गरेको नेपाली सेनाले वताएको छ ।

तर अहिले सम्म शवको पोष्टमार्टम नभएको प्रतिस्ठानले जनाएको छ । नेपाली सेनाका प्रवत्ता गोकुल भण्डारीले दुई जनाको मृत्यु भएको वताउँदै घटनाका बिषयमा अनुसन्धान भइरहेको जानकारी दिए ।

सेनाहरु कसरी ९ बजे पोखरीमा गए,किन गएका थिए भन्ने बारे अनुसन्धान भईरहेको वताईएको छ । पोखरी पनि ठुलो नभएको कारण मृत हुनको कारण शंकास्पद रहेको वताईएको छ ।