धरान । संघिय समाजवादी फाेरम नेपालका धरान नगर अध्यक्ष पारस काङमाङ रार्इ र सचिव अनुप देवान अाज नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एमाले धरान उपमहानगर कमिटिले अायाेजना गरेकाे नगरस्तरीय कार्यकर्ता भेलाकाे अवसरमा एमाले केन्द्रिय सदस्य धर्मराज निराैलाले उनीहरूलार्इ पाटी प्रवेश गराएका हुन् । अध्यक्ष रार्इ यसअघि सम्पन्न भएकाे स्थानिय तहकाे निर्वाचनमा धरान उपमहानगरकाे उपमेयरका उम्मेदवार समेत भएका थिए भने उनी एमालेकी मञ्जु भण्डारीसँग पराजित भएका थिए । उनी यस अघि नेकपा एमालेकाे भातृ संगठन युवा संघकाे धरान नगर अध्यक्ष समेत भएका थिए । उनीहरूसहित समाजवादी फाेरमबाट अन्यलार्इ समेत पाटी प्रवेश गराएकाे नेकपा एमाले धरान उपमहानगर प्रचार विभाग उपप्रमुख याेगेशबाबु काफ्लेले बताएका छन् ।