धरान/ नेपाल नगरपालिका कर्मचारी एशोसिएसन इकाइ समिति धरान उपमहानगरपालिकाको अध्यक्षमा प्रताप श्रेष्ठ विजयी भएका छन् ।
शनिबार धरान उपमहानगरपालिकामा सम्पन्न भएको अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको हो । एशोसिएसनको अध्यक्षमा प्रताप श्रेष्ठ र उपाध्यक्षमा किशोर अधिकारी निर्वाचित भएका छन् । अध्यक्ष श्रेष्ठले निकटतम प्रतिद्वन्दी किरण भुजेललाई २ मतले पराजित गरेका हुन् । श्रेष्ठले ६२ मत प्राप्त गरेका थिए भने भुजेलले ६० मत प्राप्त गरेका थिए । त्यस्तै गरी उपाध्यक्ष किशोर अधिकारीले हेमा थलङलाई एक मतले पराजित गरेका थिए ।
अधिकारीले ६० मत प्राप्त गरेका थिए भने थलङले ५९ मत प्राप्त गरेकी थिइन । जम्मा मतदाता १ सय ७२ रहेकोमा १ सय २७ मत खसेको थियो भने ५ मत बदर भएको निर्वाचन मण्डलका प्रमुख खगेन्द्र खतिवडाले जानकारी दिएका छन् । अधिवेशनले अध्यक्ष र उपाध्यक्ष बाहेकका पदहरुमा सचिवमा शिशिर श्रेष्ठ, कोषाध्यक्षमा रमिला कुलुङ, सहसचिवमा कमलबहादुर राई, र सदस्यहरु राम पौडेल, तेजप्रसाद पोखरेल, मुगाधन राई, कमला कार्की, इन्द्रबहादुर श्रेष्ठ, रेवतकुमार राई, लालबहादुर लिम्बू, विरेन डोम, कमला राई र धनबहादुर लिम्बू निर्विरोध निर्वाचित भएका थिए ।
३ वर्षकालागी नयाँ नेतृत्वले काम गर्ने प्रमुख निर्वाचन मण्डल प्रमुख खगेन्द्र खतिवडाले जनाएका छन् ।