काठमाडौं/ उपचारको क्रममा भरतमा हिजो निधन भएका नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको पार्थिव शरीर शनिबार (आज) नेपाल ल्याइँने भएको छ ।

बेलुकीसम्ममा उनको पार्थिव शरीर नेपाल ल्याएर आइतबार श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

भारतको नयाँ दिल्लीमा रहेको एपोलो अस्पतालमा उपचारका क्रममा खड्काको शुक्रबार बेलुकी निधन भएको हो । नेता खड्काको निधनका कारण कांग्रेसले तीन दिनसम्म कुनैपनि औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको छ ।आइतबार बस्ने भनिएको केन्द्रीय कार्यसमितिको बैठक पनि स्थगित गरिएको प्रवक्ता शर्माले बताए ।