लक्ष्मीमार्ग । डाँगीहाट व्यापार प्रवन्ध समिति द्धारा आयोजीत कर शिक्षा तथा अन्तरक्रीयात्मत तालीम सोमवार सम्पन्न भएको छ ।
आन्तरीक राजश्व कार्यलय बिराटनगर द्धारा व्यवसायीहरुलाई दिइएको उक्त तालीममा स्थानीय जनप्रतीनिधिहरुको समेत उपस्थीती रहेको थीयो । देश संघिय सम्रचनामा गए पश्चात कर नितिमा पनि केहि हेरफेर आएको र व्यवसायीहरु नया कर निति सग अनबिज्ञ भएकोले यस्तो तालीम सञ्चालन गरीएको डाँगीहाट व्यापार प्रवन्ध समितिका अध्यक्ष विवेक मिश्रले बताए । आन्तरीक राजश्व कार्यलय विराटनगरका प्रमुख अधिकृत दिलिप कुमार गौतम र कर अधिकृत हरी प्रसाद सेढाइ द्धारा दिईएको उक्त कर शिक्षा निक्कै प्रभावकारी हुने प्रमुख अधिकृत गौतमले बताए । गौतमका अनुसार यसरी ठाँउ ठाँउमा गएर कार्यलयले कर शिक्षा दिँदा व्यवसायीहरु सचेत हुने बताए ।