विजयपुर । धरान उपमहानगरपालिका ३ नम्बर वडा समितीले सोमबार १ सय १६ जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ । जेष्ठ नागरिकलाई धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाले दोसल्ला,सम्मानपत्र र लट्ठी सहित सम्मान गरेका हुन् । सम्मान कार्यक्रममा बोल्दै मेयर सुब्बाले नेकपा एमालेको सरकारबाट जेष्ठ नागरिकहरुलाई सम्मान कार्यक्रम सुरु भएको स्मरण गराए उनले ३ नम्बर वडा कार्यालयलेपनि वडाका जेष्ठ नागरिकलाई सम्मान गरेको भन्दै प्रसंशापनि गरे । धरानको बिकास निर्माणमा बिगतबाट नै जेष्ठ नागरिकहरुले खेलेको भुमिका प्रसंसनिय भएको बताए । जेष्ठ नागरिकहरुको परिपक्व अनुभवले समाजका हरेक पक्षलाई बलियो बनाउने भन्दै उनले जेष्ठ नागरिकको भुमिकालाई भुल्न नहुने बताए । कार्यक्रममा धरान उपमहानगरपालिकाकी उप प्रमुख मञ्जु भण्डारी सुबेदीले पनि मन्तब्य राखेकी थिईन । उनले जेष्ठ नागरिक समाजको सम्मानीत नागरिक भएको बताईन । ३ नम्बर वडा समितीका अध्यक्ष आशाकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तब्य नगरसभा सदस्य विकासकुमार बनेपालीले दिएका थिए ।