भद्रपुर । स्थानीय तहको निर्वाचन भएको एक वर्ष वित्न लाग्दा समेत निर्वाचित जनप्रतिनिधिलाई केन्द्रवाट आधिकारिक निर्देशन नदिएका कारण सोचेअनुरुप कार्य गर्ननसकेको गुनासो गरेका छन् । भद्रपुर नगरपालिका मेयर लगायत दशै वडा नम्बरका प्रतिनिधिले केन्द्रको अधिकार गाउमा भनेपनि अहिले सम्मको अवस्थाले सवै अधिकार केन्द्रमानै रहेको बताए । प्रेस क्लव भद्रपुरले मंगलबार आयोजना गरेको नगर जनप्रतिनिधिहरुको स्वागत– शुभकामना तथा नगरको विकासमा पे्रस क्लबको भूमिका विषयक कार्यक्रममा उनिहरुले आफुले भोग्दै आएको पीडा सुनाएपछि गुनासा सार्वजानिक भएको थियो ।शासकीय अधिकार विकेन्द्रीकरणका चरणमा रहेको वर्तमानमा स्थानीय सरकार संवैधानिक रुपमा बलियो देखिए पनि व्यवहारिक रुपमा अधिकार सम्पन्न भैनसकेको भद्रपुर नगरका मेयर जीवन कुमार श्रेष्ठले उल्लेख गरेका थिए । श्रेष्ठले सिंहदरवारको अधिकार स्थानीय तहमा स्थापित गर्न जाति, धमर्, वर्ग, दल भन्दा माथि उठेर सम्बृद्धिको यात्रामा सवैको सहयोग आवश्यक रहेको मेयर श्रेष्ठले तर्क गरे । सम्बृद्ध भद्रपुर बनाउन सवै तह र क्षेत्रका बासिन्दा बीच एकताको खाँचो रहेको उनले बताएका छन् ।सुस्त रुपमा रहेको भद्रपुरलाई चलयमान बनाउन स्थानीय सरोकारवाला बीचमा एकता आवश्यक रहेको समेत धारणा अघि सारेका थिए । उनले पूर्वको इतिहास बनाएको भद्रपुर नगरपालिका विपन्न होइन सम्पन्न नगर बनाउन आफू प्रतिबद्ध भएर लाग्ने वचन समेत दिए । नागरिकको सेवामा विनाशर्त लागी परेको जनाउदै श्रेष्ठले विभिन्न दवावका कारण नगरको सन्तुलित कार्यमा उल्झन आइरहेको समेत प्रष्ट पारे । क्लबका अध्यक्ष गोविन्दचन्द्र क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भद्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसी बहादुर श्रेष्ठ, वडानम्बर २ का अध्यक्ष भिमबहादुर सुब्बा, ३ की अध्यक्ष कमला थुलुङ, ५ का अध्यक्ष बन्धु कार्की, ६ का अध्यक्ष पे्रमबहादुर बरुवाल, ८ का अध्यक्ष गौरव सुब्बा मनोजले धारणा राख्दै बृहद भद्रपुरको विकासमा सञ्चार जगत पुलका रुपमा उभिनु पर्ने धारणा राखेका थिए । कार्यक्रमको औचित्यमाथि क्लबका सल्लाहकार चिन्तामणि दाहालले प्रष्ट पारेको कार्यक्रममा सञ्चारको वर्तमान अवस्था वारे सल्लाहकार माधव विद्रोही तथा गोपाल गिरीले राखेका थिए भने सञ्चालन महासचिव उत्तम नेपालले गरेका थिए ।