चतरा । वराहक्षेत्रको चतरास्थित एक विद्यालयमा आयोजित निशुल्क आँखा तथा कान जाँच शिविरमा १ सय ७४ जना सेवाग्राहीले सेवा लिएका छन । शिविरमा आँखा तथा चस्माको चेक जाँच, मोतीयाविन्दुका रोगीको पहिचान गरिएको विराटनगर आँखा अस्पतालका चिकित्सक डा. रुकेश सिंहले जानकारी दिए । शिविरमा ५ जना सेवाग्राहीले आँखाको शल्यक्रिया गर्नुपर्ने र १ जनाले कानको शल्यक्रिया गर्नुपर्ने देखिएको डा. सिंहले बताए । ग्रामिण क्षेत्रमा आँखाको रोग पालेर बस्ने र धेरै पैसा लाग्ने भ्रममा अस्पतालसम्म पुग्न नसकेका लागि शिविर आयोजना गरिएको धुलिखेल समाजका सचिव युगलकुमार तखाक्षेले बताए ।सेवा लिएका मध्ये धेरैको दृष्टिदोष पाइएको र उनीहरुलाई औषधिसँगै उपचारका लागि अस्पतालमा रिफर गरिएको सचिव तखाक्षेले बताए । स्थानीय हिमालयन इंलिस स्कुलमा धुलिखेल समाज धरानको आयोजना र नेपाल रेयुकाईको सहयोगमा आयोजित शिविरमा नेपाल नेत्र ज्योति संघ विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोग रहेको थियो ।