अनुपले भने “अनमोलले २० लाख लिएको हो अरु सबैको हल्ला मात्र हो”

  • वैशाख ८, २०७५
  • ब्लाष्ट खबर

यतिबेला नेपाली सिने जगतमा नायिकाहरुको भन्दा नायकहरुले लिने पारिश्रृमिकको चर्चा निकै हुने गर्छ । बिषेशगरी युवा नायकहरुमा पारिश्रृमिकको सवालमा तँ भन्दा म के कम भन्ने जस्तो प्रतिष्पर्धा देखिएको छ । उता नायकहरुले लिईएको भनिएको २२ लाख , २० लाख , १८ लाख जस्ता पारिश्रृमिकमाथि पर्ने शंका गर्ने गरिन्छ ।

कहिलेकाही लिएको भन्दा बढि भन्ने र कहिले बढि लिए पनि लुकाउँने परिपाटीको कारण पनि कलाकारहरुको पारिश्रृमिकमाथि औँलाहरु उठ्दै आएका छन् । यसैबीच पछिल्लो समय हरेक किसिमको भुमिकामा देखिँदै आएका चर्चित नायक अनुप बिक्रम शाहीले नायकहरुले लिएको भनिएको चर्काे पारिश्रृमिकमाथि शंका व्यक्त गरेका छन् ।

एक अन्तरवार्ताको क्रममा अनुपबिक्रमले कस्ले कति पारिश्रमिक लियो भन्ने प्रमाण कोहीसँग नभएको ती सबै हल्ला हावा मात्र भएको उनको दाबी छ । उनले भने “अनमोलले चाँही २० लाख पारिश्रमिक लिएको होला तर अरुले लिए जस्तो मलाई लाग्दैन्” सबै हावा हो” । उनले ‘लिलिबिली’ बाट प्रदिपले २२ लाख पारिश्रृमिक लिएको बारेमा सोध्दा उनले यसबारेमा अनबिज्ञता प्रकट गरे ।

झट्ट हेर्दा उनी प्रदिपले २२ लाख पारिश्रृमिक लिएको भन्नेमा पनि उनी शसंकित थिए । उनी भन्छन् “निर्माताले दिनुभयो होला, त्यो मलाई थाहा छैन्”, उनले भने,“तर अनमोलले चाँही २० लाख पारिश्रमिक लिएकै हो ।” प्रदिपसंग ‘लिलिबिली’ मा काम गरेतापनि उनीसंग खासै नजिक नभएको कारणले पनि उनको पारिश्रृमिकको बारेमा त्यती थाहा नभएको बताए ।

आफनो पारिश्रृमिकको बारेमा भने खुलाउँन नचाहेका अनुपबिक्रमले आफनो जीवन नै चलचित्रबाट धानेको भन्दै यसबाट आफु खुसी रहेको उनको भनाई छ । यतिबेला अनुपबिक्रम ‘जाईरा’ , ‘जय शम्भु’ लगायतका चलचित्रमा काम गरिरहेका छन् ।