इटहरी/ सवारी चालकले अव नयाँ सवारी चालक अनुमति पत्र लिदा अनिवार्य रुपमा ट्राफिक नियमको बारेमा कक्षा लिनुपर्ने भएको छ । सरकारले नया सवारी चालक अनुमति पत्र लिने व्यक्तिलाई अनिवार्य रुपमा ट्राफिक नियमको बारेमा कक्षा लिनुपर्ने नियम लागू गर्ने भएको छ । सवारी दूर्घटना न्यूनीकरण गर्न र चालकलाई सवारी चलाउँदा जिम्मेवारीवोध गराउने उदेश्यको साथ लाइसेन्स वितरण गर्ने क्रममा अनिवार्यरुपमा कक्षा सञ्चालन गर्ने भएको हो । सवारी चालक अनुमति पत्र लिने व्यक्तिले लिखित र ट्रायल पास गरेपछि लाइसेन्स लिने क्रममा आधा घण्टादेखि एक घण्टाको ट्राफिक जनचेतनासम्बन्धी कक्षा लिने गृहकार्य यातायात व्यवस्था विभागले अगाडि बढाएको छ । लाइसेन्स लिइसकेपछि जिम्मेवारीवोध गराउन र सम्भावित सवारी दुर्घटनाबाट जोगाउने उदेश्यका साथ आगामी बर्ष २०७५र०७६ बाट चालकहरुले कक्षा लिनुपर्ने प्रावधान लागू गर्ने गृहकार्य शुरु भएको यातायात व्यवस्था विभागले जनाएको छ । न्यूजलयबाट