[caption id="attachment_80389" align="alignnone" width="1024"] यो तस्विर मृतको पहिचानमा सहयोग पुग्ने अपेक्षाका सहित लगाइएको हो ।[/caption]

विजयपुर/गत बुधबार बेलुका भेडेटार नजिकै रहेको धरान–४ स्थित छोटि मोरङ छेउमा आधा शरिर जलेको शब फेला प¥र्यो । शबको प्रकृती हेर्दा कसैले हत्या गरेर जलाएको हुन सक्ने अनुमान लगायो तर मृतक को हुन् भन्ने पहिचान गर्न प्रहरीलाई समस्या भएको छ ।

हामीले अनुसन्धानलाई जारी नै राखेका छौ तर मृतकको पहिचान हुन नसकेका कारण ठोस कारण पत्ता लाग्न सकेको छैन इलाका प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडलले भने ।

मृतकको पहिचान समस्या भई रहेको छ,पहिचान नभएका कारण घटनाको वास्तबिकता पत्ता लगाउन समस्या भई रहेको छ ।डिएसपी पौडेलका अनुसार मृतकको शरिरको पछाडीपटिको भाग डढेको भएपनि अनुहार भने प्रस्ट रहेको छ ।

मंगोलियन अनुहार भएका अन्दाजी ३५–४० वर्षको पुरुष रहेको शब हामीले फेला परेका हौ तर वास्तबिक परिचय प्राप्त गर्न सकिएको छैन,हाम्रो प्रयास जारी छ उनले भने ।घटनाको अनुसन्धान गर्न कुकुरको समेत प्रयोग गरेको थियो ।

कुकुरको अनुसन्धानबाट के कुरा प्रस्ट हुन्छ भने अभियुक्तहरु लासमाथि पेट्रोल छर्केर आगो लगाएर भागेको देखिन्छ,अभियुक्तहरु मेनरोडबाट गाडी चडेर भागेको सम्म हाम्रो अनुसन्धानबाट देखिन्छ डिएसपी पौडेलले भने ।

घटना स्थलमा फेला परेको खुकुरीका दाप र रुमालबाट कुकुरले अनुसन्धान गरेको थियो । डिएसपी पौडेलका अनुसार अभियुक्तहरु अन्यत्र हत्या गरेर उक्त स्थानमा शब फालेको शंका गर्न सकिन्छ ।

घाटी रेडिएको र पटक पटक खुकुरी प्रहार गरिएको शबको अबस्थाले देखाउछ तर घटना स्थलमा रगत देखिदैन यो कुराले हत्या अन्यत्रै गरेर शबलाई त्यस ठाउमा फालिएको बुझ्न सकिन्छ पौडेलले भने ।

अहिले भारतको दार्जेलिङ,सिक्कीम,आसाम लागयतको स्थानमापनि टोलि परिचालन भएको उनले बताए ।