मोरङ/ मोरङको पथरीशनिश्चरे नगरपालिकाको कृषि शाखाले नगरका किसानका लागि कृषि उपकरण तथा विउ वितरण गरेको छ ।
एक कार्यक्रमकाबीच नगर प्रमुख दिलिपकुमार राई, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरे, २ नम्वर वडाध्यक्ष यामप्रसाद गुरागार्ई, ७ नम्वर वडाध्यक्ष कपिलमणि ढकालले च्याउ खेतीका लागि २ जना किसानलाई पराल उसिन्ने ड्रम, च्याउको विउ, ४ जनालाई मोटर पम्प अनुदानमा वितरण गरेका छन् ।
कृषि कार्यक्रम अन्तर्गतको वजेटबाट प्रत्येक वडामा ४० पोकाका दरले च्याउको विउ, ७ जनालाई १ सय केजी माछाका भुरा वितरण गरिने तथा माछापालनका लागि पोखरी मर्मतमा ६ जनालाई अनुदान रकम उपलब्ध गराउने निर्णय भएको कृषि शाखाकी सावित्रा कार्कीले वताइन् । उनले ५० प्रतिशत अनुदानमा नगरका किसानका लागि १३ घार मौरी समेत वितरण गरिने जनाइन् ।