पानवारी । धरान रनले आफ्नो छैठौ नेवा च्यारीटि ८ के रनको आयव्यय सार्वजनिक गर्दै १६ जना विद्यार्थीलाई छात्रावृत्ति समेत प्रदान गर्ने भएको छ ।

शनिबार पत्रकार सम्मेलनको आयोजना गरी धरान रनले आफ्नो आय व्यय सार्वजनिक गरेको हो । २०७४ फागुन ५ गते सम्पन्न भएको धरान रनमा जम्मा २४ लाख २७ हजार ४० रुपैया आम्दानी गरेको तथा १७ लाख ७० हजार ७ सय ५० रुपैया खर्च भएको आय व्यय सार्वजनिक गरेको हो । बचत भएको रकम ६ लाख ५६ हजार २ सय ९० रुपैया विभिन्न सामाजिक काममा खर्च गरिने धरान रनका प्रवत्ता गोपाल राईले जानकारी दिए ।

राईले दिएको जानकारी अनुसार आम्दानि भएको रकम वाट ४ लाख रुपैया धरान रनले स्थापना गरेको नेवा च्यारेटि एजुकेशन फण्डमा जम्मा गरिने, १ लाख रुपैया नेवा हेल्थ फण्डमा र बाँकी रहेको १ लाख ५६ हजार २ सय नब्बे रुपैया धरान रनको वैंक खातामा वार्षिक कार्यलय खर्चको निम्ति जम्मा गरिनेछ ।

धरान रनले पाचौ संस्करणमा प्रतियोगिताबाट बचेको रकमले ‘नेवा च्यारेटि एजुकेशन फण्ड’ नामको अक्षय कोषको स्थापना गरेको थियो । दुई लाख ५० हजार रुपैयाबाट स्थापना गरेको कोषमा अहिले चार लाख रुपैया थप भए पछि कोषमा ६ लाख ५० हजार रुपैया रहेको धरान रनका अध्यक्ष रोमु राईले जानकारी दिएका छन् । राईका अनुसार हेल्थ फण्डको रकमले स्वस्थ्य सम्बन्धि रक्तदान कार्यक्रम, औषधि, प्रथामिक उपचार लगायतमा खर्च गरिनेछ । धरान रनले एजुकेशन फण्डबाट दिने छात्रावृत्ति यस पटक १६ जनालाई दिइने बताएको छ । उनीहरुलाई आवश्यक पर्ने स्टेशनरी सामान, जुत्ता, स्कुल ड्रेस समेत प्रदान गरेको थियो । छात्रवृत्त प्राप्त गर्ने विद्यार्थीलाई जनही तीन महिनका लागि आवश्यक सामग्रि प्रदान गरिने अध्यक्ष रोमु राईले बताए ।