धनकुटा । धनकुटा नगरपालिकाका प्र्रमुख चिन्तन तामाङले केही महिना यता बन डडेलोको कारण धनजनको लार्खौ लाख क्षति हुन थालेपछि नगर क्षेत्रमा वन डडेलो नियन्त्रणको लागी कडा कदम चालिने वताएका छन् । सामुदायिक बन उपभोक्ता जिल्ला महासंघ र नगर महासंघ धनकुटाको संयुक्त आयोजनामा धनकुटामा सनिवार देखी शुरु भएको जलवायु अनुकुलन र बन डडेलो नियन्त्रण विषयक २ दिने सचेतना गोष्ठीको उद्धघाटन गर्दै नगर प्रमुख तामाङले यस्तो चेतावनी दिएका हुन । सो अवसरमा वोल्दै नगर प्रमुख तामाङले सानातिना लापार्वाहीले गर्दा लाखौं करोडौंको धनजनको क्षति वेहोर्नु पर्ने परिस्थिति श्रृजना भएकाले बनमा डडेलो लगाउने जो कसैलाई धनकुटा नगरपालिकाले कडा भन्दा कडा कार्वाही गर्ने वताएका छन् । तामाङले हालै वेलहारामा पशुपति भण्डारीको सानु लापावाही र असवाधानीले गर्दा ७ घर नष्ट हुँदा लाखौं नोक्सानी भएको स्मरण गराउँदै अव वन डडेलो लगाउनेलाई नगरपालिकाले कानुन वनाएर कार्वाही गरी छाड्ने वताए । उनले अग्लागीवाट पिडित भएका परिवारलाई क्षति हेरी १५ हजार देखी ६० हजारसम्म नगद नगरपालिकाले तत्काल सहयोग गरि सकेको र अव केहि दिन पछि हरेक परिवारलाई घर छाउनको लागी च्यादर समेत उपलव्ध गराउने वताएका छन् । सो अवसरमा सामुदायिक वन उपभोक्ता जिल्ला महासंघ धनकुटाका अध्यक्ष राजेन्द्र खड्काले सानातिना कमी कम्जोरीले गर्दा सामुदायिक वनकर्मीहरुले जसअव्जस खप्नु परेको तितो यथार्थ पाखे । उनले सानु गल्तीले जंगलमा उठेको आगो नियन्त्रण गर्न जाँदा छिन्ताङ्गमा इमाने सामुदायिक वनका सदस्य वेनु प्रसाद राईको दुःखद निधन भएको वताए । उनले अव धनकुटा जिल्लामा भएको ३ सय ८६ वटा सामुदायिक वनका पदाधिकारीहरु एवं सदस्यहरु आगो नियन्त्रणको लागी सचेत हुनु पर्ने वताए । अन्यथा आगोको कारण हुने धनजनको क्षतिको जिम्मा जस्को कारणले आगो लाग्छ उसैले जिम्मा लिनु पर्ने भन्दै सामुदायिक वनका सहभागी सदस्य एवं पदाधिकारीहरुलाई आग्रह गरे । सो अवसरमा उनले विभिन्न कारणले सामुदायिक वनमा वितृष्णा आएको कारण पछिल्लो समयमा साझदारी वनको अवधारणालाई अघि वढाउन थालिएको प्रति अध्यक्ष खड्काले आपत्ति जनाएका छन् । दुई दिनसम्म संचालन हुने सचेतना कार्यक्रमको सहजीकरण श्रोत व्याक्ति जेपी भुजेल र बालकृष्ण सुवेदी गरिहेका छन् । सचेतना गोष्ठीमा धनकुटा नगरपालिका क्षेत्रमा रहेको ५४ वटा सामुदायिक वनका पदाधिकारी एवं सदस्यहरु सहित ८० जनाले भाग लिइरहेका छन् । सचेतना तालिम समुद्धघाटन कार्यक्रममा आदिवासी जनजाति पत्रकार महासंघ धनकुटाका अध्यक्ष सन्तवीर लामा, सामुदायिक वन नगर महासंघ धनकुटाका अध्यक्ष जयादेवी पोख्रेल, जिल्ला महासंघका सचिवालय सदस्य इन्द्र पौडेल लगायतले सचेतना कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको संचालन महासचिव रामकुमारी भण्डारीले गरेकी थिईन ।