बिर्तामोड/ झापाको अर्जुनधारामा ‘स्थानीय तह सम्बन्धि समाचार लेखन’ विषयक दुईदिने प्रशिक्षण शुरु भएको छ । अर्जुनधारा प्रेस क्लबको आयोजनामा शुक्रवारदेखि प्रशिक्षण शुरु भएको हो । प्रेस क्लवका अध्यक्ष कुमार भट्टराईको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको प्रमुख अतिथि नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटा रहेका थिए ।
सापकोटाले स्थानीयतहको समाचार सम्प्रेषणमा पत्रकारहरुमा दुबिधा भइरहेको समयमा क्लबले उपयुक्त कार्यक्रम आयोजना गरेको टिप्पणी गरे । अधिकार कार्यन्वयनकाे सवालमा जनप्रतिनिधि नै अनविज्ञ रहेको यस समयमा पत्रकारहरु विकासका लागि मार्गदर्शन बन्नुपर्नेमा उनको जोड थियो । प्रेस क्लवका कोषाध्यक्ष अमित खम्बुले स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि सापकोटा, नगरपालिकाका प्रतिनिधि गजेन्द्र खनाल, प्रशिक्षक हरिबहादुर थापा लगायतले मन्तव्य रोखेका थिए । प्रशिक्षणमा नगरका पत्रकारसहित ४० बढी प्रशिक्षार्थीको सहभागिता रहेको छ ।
प्रशिक्षणमा थापासहित अखण्ड भण्डारीले सहजीकरण गर्नेछन् । प्रशिक्षण कार्यक्रम शनिवार सम्पन्न हुनेछ । उद्घाटन कार्यक्रमको सञ्चालन प्रेस क्लवका सचिव प्रेम आचार्यले गरेका थिए ।