धनकुटा/ जिल्ला अस्पताल धनकुटामा विरामीहरुको सधन उपचारलाई सहयोग पुर्याउने उदेश्यले विभिन्नदाताहरुले भौतिक समाग्रीहरु प्रदान गरेका छन् ।
यसैबिच धनकुटामा रहेको माछापुच्छ्रे बैंक धनकुटा शाखाले विहिवार एक औपचारिक कार्यक्रमको आयोजना गरेर जिल्ला अस्पताल धनकुटालाई २७ थान ब्ल्याङ्केट र ५४ थान वेड सिट हस्तान्तरण गरेको छ । सो अवसरमा माछापुछ्रे बैंक धनकुटा शाखा प्रबन्धक टेकवहादुर बस्नेतले जिल्ला अस्पताल धनकुटाका प्रमुख डा फडिन्द्र बराल र विकास समितिका अध्यक्ष सुनिलकुमार डंगोलालाई विरामीले ओड्ने २७ थानब्ल्याङ्केट र वेडमा ओछ्याउने ५४ थान वेड सिट हस्तान्तरण गरेका छन् ।
त्यसैगरी सो अवसरमा धनकुटा नगरपालिका वडा नं.१ निवासी रमेश रम्तेल, कुमार रम्तेल, राम रम्तेल र नगेन्द्र रम्तेलले आफ्ना स्वर्गिय बुवा जङ्गवीर रम्तेल र आमा गनमाया रम्तेलको स्मृतिमा १ लाख मुल्य बराबरको विरामीको सुविधालाई ध्यानमा राखेर अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेका छन् । छोरा रमेश रम्तेलले उक्त सामान जिल्ला अस्पतालका प्रमुख डा. बराल र विकास समितिका अध्यक्ष सुनिलकुमार डंगोललाई हस्तान्तरण गरेका थिए ।
सो अवसरमा बाेल्दै बैंकका धनकुटा शाखाका मेनेजर टेकबहादुर बस्नेतले विगत १० वर्ष देखी धनकुटामा बैंकिङ्ग करोबार गरिहेकाले बैंकले संस्थागत उत्तरदायित्व अन्तर्गत जिल्ला अस्पताल धनकुटामा विरामीलाई काम लाग्ने सहयोग सामाग्री हस्तान्तरण गरिएको बताएका छन् । त्यसैगरी समाजसेवी रमेश रम्तेलले आफ्नो स्वर्गीय बुबा-आमाको स्मृतिमा सदासर्वदा आवश्यक परिरहने अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको बताएका छन् ।
जिल्ला अस्पताल विकास समितिका अध्यक्ष सुनिलकुमार डंगलोलको अध्यक्षतमा सम्पन्न सामाग्री हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासँघ धनकुटाका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठ, कावेलीविकास बैंकका सूचना अधिकृत मोहन ढुङ्गेल, अस्पतालका प्रमुख डा.फडिन्द्र प्रसाद बराललगायतले आस्पताललाई अत्यावश्यक समाग्री हस्तान्तरण गर्ने दाताहरुको सहयोगी मनहरुलाई धन्यवाद दिएका थिए । कार्यक्रमको संचालन जिल्ला अस्पताल धनकुटाका प्रशासन शाखाका निमिक्त प्रमुख खिरबहादुर बुढाथोकीले गरेका थिए ।