विराटनगर । प्रदेश नम्बर १ का डिआईजी ज्ञानबिक्रम शाहले विमानस्थलबाट भएको साढे ३३ केजी सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा पक्राउ परेका तीन प्रहरी अधिकारीसँग गोप्य भेटघाट गरेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा रहेका अवकाश प्राप्त डिआईजी गोबिन्द निरौला, वहालवाला एसपी बिकासराज खनाल, डियसपी राउतसँग डिआईजी शाहले शुक्रबार भेटेका हुन् । उनले आधा घण्टा मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीको कार्यकक्षमा भेटेका थिए । दिउँसो १ः ४० बजे आएका डिआइजी शाहले पक्राउ परेका प्रहरीसँग २ः३० बजेसम्म भलाकुसारी गरेका थिए । सादा पोशमा प्रहरी कार्यालमया उपस्थीति भएका डिआइजी शाले संगठित अपराध, मानव अपहरण तथा कर्तव्य ज्यान मुद्दामा म्याद थप गरि अनुसन्धानको दायरामा रहेका आरोपितसँग भेटघाट गरेका हुन् । गोप्य छलफल गरेपछि शाह भने काठमाण्डौं लागेका छन् ।