तरहरा/साबिकको हाँसपोसा गाविस, हाल इटहरी-२० तरहरा झनझन कुरुप बनिरहेको अवस्थामा चिन्तित तरहराका युवाहरु सरसफाई अभियानमा जुटेका छन् ।  लिबरल सोसाइटी नामक सामाजिक क्लबले युवा अभियन्ता सुबेक्छु देवानको नेतृत्वमा ४ वटा फोहोर फ्याक्ने आधुनिक डस्टविन राखेर तरहरा चौकदेखि बजारसम्म शनिबार सरसफाई गरे । अझै थप डस्टविनहरु राखिने क्लबका युवा अभियन्ता देवानले बताए। हङकङमा समेत सामाजिक कार्यमा सक्रिय रहेका  सुबेक्छुले शनिबार बन्द रहने तरहरा माैकाकाे सदुपयोग गर्दै कुरुपबन्दै गएको शहर तरहरालाई सुन्दर बनाउनअभियान शुरु गरे ।

‘यो स्वयमसेवक काम हो । कुनै राजनीतिक वा अन्य स्वार्थ छैन । हामी निस्वार्थ सेवा भावले लागेका हौँ, आफ्नो शहरलाई पुनःसुन्दर बनाउनकालागि हरेक उदार सोच र मन स्वतः यो अभियानमा सहभागि हुन सक्ने छन् ।’  लिबरल सोसाइटीले तत्कालकालागि तरहरामा आफ्नो सामाजिक कार्य सक्रियता बढाएकाे छ ।

विशुद्ध सामाजिक दायित्व बहन गर्ने क्लबले गरेकाे  सरसफार्इ कार्यक्रममा स्थानीय होटल व्यवसायी राजु श्रेष्ठ, सुनचाँदी व्यबसायी सन्तोष श्रेष्ठ, सामाजिकअभियन्ता शिब रुम्दाली राई, नविन गुरूङ (सोल्टी) लगायतले अभियानमा साथ दिएका थिए ।  यसअघि, पनि तरहराका युवाहरुले पोल सरसफाई अभियान गरेका थिए ।