बिर्तामोड / नेपाल दशनामी समाज क्षेत्रको तेस्रो अधिवेशनले सूर्यप्रसाद गिरीको अध्यक्षतामा नौ कार्य समित चयन गरेको छ । अर्जुनधारा ८ शिवालय मन्दीरमा शनिवार भएको क्षेत्र नम्बर २ को भेलाले क्षेत्रिय अध्यक्षमा गिरीलाई सर्वसम्मत चयन गरेको हो ।
कार्यसमितिको उपाध्यक्ष, सचिव, र कोषाध्यक्षमा क्रमश अम्विका पुरी, मोहन गिरी सिता भारती चयन भएका छन् । त्यस्तै सदस्यमा प्रविण गिरी, बालकृष्ण गिरी, रणबहादुर गिरी, पदमप्रसाद गिरी र अनिता पुरीलाई सर्वसम्मत चयन गरेको जिल्ला सदस्य तथा बिर्तामोड नगर अध्यक्ष अर्जुन गिरीले जानकारी दिए । सूर्यप्रसाद गिरीको अध्यक्षमा सम्पन्न अधिवेशनमा जिल्ला अध्यक्ष चन्द्रप्रसाद गिरीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि गिरी, अर्जुनधारा नगर अध्यक्ष होमनाथ पुरी, उपाध्यक्ष डिकामाया गिरी सदस्य गोविन्द भारती, वीरबहादुर गिरी, रेखा पुरी र शारदा गिरीले शुभकामना मन्तब्य रोखेका थिए ।
स्वागत बिर्तामोड नगर उपाध्यक्ष जानुका गिरीले गरेको कार्यक्रमलाई अर्जुनधारा नगर सहसचिव सिता भारतीले सञ्चालन गरेकी थिइन् ।