शनिश्चरे । मोरङको पथरीशनिश्चरेस्थित रेडियो सिम्रिकले आयोजना गरेको आरजे हन्ट प्रतिष्पर्धामा जिल्लाको मिक्लाजुङका हिमालदिप शंकरले उपाधि जितेका छन् ।

उत्कृष्ठ १० बाट छानिएपछिको शनिवारको फाइनल ग्रान्ड फिनालेमाझ शंकरले १० हजार नगदको उपाधि, रेडियोमा काम गर्ने अवसरका साथै वेस्ट भ्वाइसको समेत उपाधि जितेर थप ५ हजार पुरस्कार हात पारेका हुन् । त्यस्तै, वेस्ट प्रोग्रामरमा कविता राई, बेस्ट प्रोग्राम प्रेजेन्टरमा अनिता गौतम, वेस्ट न्यूज रिडरमा एलिना दियाली र वेस्ट स्टेज एनाउन्समेन्टमा मीना तामाङ घोषित भई जनही ५ हजार रुपैयाँ पुरस्कार हात पार्न सफल भए ।

प्रशिक्षक शिरोमणि दवाडीले १ साता प्रशिक्षण प्रदान गरेर उत्कृष्ठ छनौटको गरिएको संस्थाका अध्यक्ष अमीर राईले वताए ।

कार्यक्रमका प्रमुख अतिथि १ नम्वर प्रदेशका सूचना तथा सञ्चारको समेत जिम्मेवारी लिनु भएका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले विजेतालाई पुरस्कार वितरण गर्दै युवाहरु सृजनशीलन वन्नु आजको आवश्यकता भएको उल्लेख गरेका छन् ।

कार्यक्रममा, गायक श्रीकृष्ण लुइटेल, डम्बर नेपाली, हाँस्यकलाकार महादेव त्रिपाठी तथा नगरका गायक रविन कन्दङ्वा, नन्दु गुरुङ सहितले आफ्ना प्रस्तुति दिएका थिए ।