पानवारी । प्रहरी तथा सेनामा सेवा गरेर अवकाश भएकाहरु संगठित भएका छन् । नेकपा एमालेको भातृ संगठनको रुपमा नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन नाम लिएर प्रहरी तथा सेनाबाट अवकास भएकाहरु संगठित भएका हुन् । संगठनको धरान उपमहानगर कमिटिको अध्यक्षमा ताराहाङ लिम्बू, उपाध्यक्षमा यज्ञबहादुर वन, सचिवमा कृष्णबहादुर राउत, सह–सचिवमा मोहन कार्की र कोषाध्यक्षमा मञ्जु भण्डारी चयन भएका छन् । त्यस्तै सदस्यहरुमा रत्नबहादुर तामाङ, पदम तामाङ, याम कार्की, नन्दलाल गेलाल र कुलबहादुर मगर चयन भएका छन् । २१ सदस्यीय कमिटिमा थप ११ जना पछि मनोनित गर्ने गरी कमिटि गठन भएको संगठनका केन्द्रीय सदस्य गोपी योगीले जानकारी दिएका छन् । कार्यक्रमको प्रमुख अथिति संगठनका केन्द्रीय सदस्य खोजबहादुर मगर रहेका थिए भने अतिथिहरुमा एमाले सुनसरी जिल्ला सदस्य पदम लिम्बू, धरान कार्यवाहक अध्यक्ष नारायण सुवेदी, सचिव राजमणी निरौला, संगठनका केन्द्रीय सदस्यद्वय ध्वजबहादुर थापा मगर र गोपी योगी रहेका थिए । कार्यक्रममो अध्यक्षता भने एमाले धरान उपमहानगर सदस्य तथा १४ नं. वडा इन्चार्ज झलकबहादुर श्रेष्ठले गरेका थिए ।