इटहरी । एक नम्वर प्रदेशकै उच्च सुरक्षा अपनाईने जिल्ला प्रहरी कार्यलय सुनसरी र इलाका प्रहरी कार्यलय इटहरी महिनौ देखि निमित्तको भरमा चल्दै आएको छ । जिल्ला प्रहरी कार्यलय सुनसरीका एसपी विद्यानन्द माझी वलत्कार काण्ड सेटिङ गरेको र इलाका प्रहरी कार्यलय इटहरीको डिएसपी सञ्जय राउत ३३ केजी सुन काण्डमा मुछिए पछि सुनसरीका यी दुई कार्यलय प्रमुख विहिन हुन पुगेको हो । केहि महिना अगाडी इटहरी २ स्थित रोयल रिसोर्ट होटलमा १६ वर्षिय वालिका वलत्कारको घट्नामा प्रहरी मिलोमतोमा मिलापत्र भएको भन्दै माघ २३ गते एसपी माझीलाई कार्वार्ही गरे सँगै डिएसपी नारायण चिमरियाले निमित्त प्रहरीको जिम्मेवारी सम्हाल्दै आएका छन । काग्रेस नेता विजयकुमार गच्छदारको सोर्स फोर्समा लामो समय देखि प्रहरी फोर्समा राम्रो राम्रो ठाउँमा सरुवा हुदै आएका गच्छदारलाई यो वर्ष सुनसरी फलादायी रहेन । सुनसरी आएर आर्थिक लेनदेनमा लागेका माझी कार्वार्हीमा पर्दा सुनसरी प्रहरी अहिले प्रमुख विहिन हुन पुगेको हो । एसपी माझी सँगै इलाका प्रहरी कार्यलय इटहरीमा कार्यरत इन्स्पेक्टर चिरञ्जीवी दाहाल समेत माघ २३ गते देखि निलम्बीत भएका छन । इलाका प्रहरी कार्यलय इटहरीमा रहदा उनै एसपी माझीको निर्देशन मान्दा इन्स्पेक्टर दाहाल पनि बलत्कार मिलापत्र घट्नामा जोडिएका थिए । त्यस्तै इलाका प्रहरी कार्यलय इटहरीमा कार्यरत डिएसपी सञ्जय राउत पनि ३३ केजी सुन काण्डमा मुछिएर अहिले प्रहरी हिरासदमा छन । इटहरी आउँन अघि दुई वर्ष विमानस्थल क्षेत्र भित्र वस्दा सुनतस्करी सँग सेटिङ गरेको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरीरहेको छ । विमानस्लथको सुरक्षामा बस्दा विदेशबाट आएको सुनलाई सहज बाहिर पुराउँन मद्धत गरेको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तिन प्रहरी अधिकारी कार्वार्हीमा परे सँगै इलाका प्रहरी कार्यलय इटहरी र जिल्ला प्रहरी कार्यलय सुनसरी प्रमुख विहिन भएको छ । सुनसरीका निमित्त प्रहरी प्रमुख डिएसपी नारायण चिमरियाले भने प्रमुख नहुदा पनि सुनसरीको सुरक्षामा कुनै कमि नआएको वताए । उनले भने जिल्ला प्रहरीको गतिविधिमा कुनै कमि हुन दिएको छैन । बुधवार सम्म सुनसरीमा सरुवा भएर एसपी राजन अधिकारी आउदै हुनुहुन्छ निमित्त प्रहरी प्रमुख डिएसपी चिमरियाले भने । यता सुन काण्डमा मुछिए सँगै डिएसपी सञ्जय राउत निलम्बनमा परे पछि इलाका प्रहरी कार्यलय इटहरीमा इन्स्पेक्टर राजन कार्कीले निमित्त प्रमुखको रुपमा काम गदै आएका छन । वलत्कार मिलापत्र घट्नामा मुछिएर इन्स्पेक्टर चिरञ्जीबी दाहाल पनि निलम्बनमा परे पछि इलाका प्रहरी कार्यलय इन्स्पेक्टर कार्कीको भरमा छ । कार्कीले भने माथिबाट डिएसपी सायब पठाउँने कुरा हुदै छ कार्यलयको काममा दृडता पूर्वक गरीरहेको छु उनले भने । आफुले सक्दो प्रयासको साथ काम गरीरहेको उनको भनााई थियो । ‘कुनै कारणले कार्यालय प्रमुखको पद एक महिना भन्दा बढी अवधि रिक्त भएमा र सो पदमा कायम मुकायम मुकरर नगरिएको अवस्थामा एक तह माथिको कार्यालय प्रमुखले सो पदको निमित्त भई कामकाज गर्न रिक्त पदभन्दा एक तह मुनिका वरिष्ठ प्रहरी कर्मचारीलाई तोक्न सक्नेछ।’ प्रहरी नियमावली २०७१ को खण्ड ६४ को ५ नम्बर बुँदामा यो व्यवस्था गरिएको छ। यही व्यवस्थालाई टेकेर अहिले सुनसरी र इटहरी प्रहरी निमित्तबाट चलिरहेको छ ।