पानवारी । धरानबाट अनलाइन टेलिभिजन फक्ताङलुङ अनलाईन टिभी तथा पिपुल्स म्यागाजिनको सुरुवात भएको छ । धरानमा पहिलो पटक अनलाइन टेलिभिजनको औपचारीक रुपमा सुरुवात गर्दै आम नागरिकलाई सु्सुचित गर्न गराउन म्यागजिन र अनलाइन टीभीको सोमबार एक कार्यक्रमको बिच शुभारम्भ गरिएको हो । बराह किचनको हलमा भएको कार्यक्रममा म्यागाजिन र अनलाईन टिभीको उद्घाटन धरान उपमहानगरका मेयर तारा सुब्बाले गरेका थिए । सुब्बाले धरान पत्रकारिता क्षेत्रको उर्वर भुमि भएको भन्दै धरानमा रहेको मिडिया हाउस साथै संचारकर्मीहरुको उन्नती र विकाशको लागी उपमहानगरपाकाले बजेट छुट्याउने प्रतिबद्धता व्यक्त गरेका थिए । म्यागाजिन तथा टिभीको संचालन टिममा सम्पादक तथा प्रकाशक डम्बर कुमार तुम्बापो, सह–सम्पादक तिर्थ कार्की, सल्लाहकार सम्पादक राजेश विद्रोही, प्रमुख सल्लाहकार राजकुमार कार्की, सल्लाहकार ज्ञानेश्वर झा र व्यवस्थापकमा जगत नेम्बाङ रहेका छन् । शुभारम्भ कार्यक्रममा त्रिवि एसोशिएट प्रोफेसर ज्ञानेश्वर झा, अग्रज पत्रकार गोपाल देवान, प्रा.डा. टंक न्यौपाने, सुनसरी पत्रकार महासंघका उपाध्यक्ष सन्तोष काफ्ले, इलाका प्रहरी कार्यालय धरानका प्रमुख रामेश्वर पौडेल, जिल्ला टाफिक प्रहरी कार्यालय सुनसरी धरानका प्रमुख होमराज दाहाल लगायतले शुभकामना व्यतm गरे ।