यासोक  । सबै तिर बाजा गाजा बजिरहेका छन, बजारको आसपासमा गेठ, ब्यानर, तोरुङ र झिलिमिली बत्तीले सजिएको छ । प्रशङग हो पाँचथरको कुम्मायक गाउँपालिका यासोकामा परम्परागत रुपमा लाग्दै आईरहेको त्रिशाली पुजा र मेलाको । गत २४ गतेबाट मेला औपचारीक रुपमा सुरुभएको छ । पाँचथरको ऐतिहासीक कुम्मायक र कुसायक धार्मिक स्थलमा आज पुजा आजा गरिएको छ । समुन्द्र सतहबाट १९ सय २० मिटर उचाहीमा रहेको धार्मिक स्थलमा त्रिशाली पुजा सम्पन्न भएको हो । पुजा आजाको लागि काठमाण्डौ, पुर्बाञ्चलका बिभिन्न ठाउँ र भारतको कालेबुङ, सिक्किम र दार्जेलिङ लगायतका स्थानबाट लाखौको संख्यामा भक्तजनहरुको भीड लाग्ने गरेको छ । त्रिशाली (पूजा एवंम मेला) उवाहाङको छोरा माबोहाङ बाट छैटौ÷सातौ शताब्दी तिरको सिकारी युगमा राजा माबोहाङले ऐतिहासीक धार्मिक पर्यटकीय क्षेत्र कुम्मायकमा युमामाङको साक्षात दर्शन पाएपछि राज्य बिस्तार गर्न सफलता पाए संगै तङसुम तङनाम त्रिशाली पर्वको सुरुवातको भएको धार्मिक जनबिश्वास रहेको छ । कुम्मायक धार्मिक स्थलमा परेवा उडाएर पुजा आजा गर्ने गरेको पाईएको छ । भने कुसायक धार्मिक स्थलमा राँगा, खसी, बोका र कुखुराको बलि दिएर पुजा आजा गर्ने गरेका पाईन्छ । गएको त्रिशाली पुजा एवंम मेला तीन दिनको लागि मात्रै लाग्ने गरेको थियो । तर यो पटको मेला बृहत भएकाले बैसाख १५ गते देखी ३० गते सम्म लाग्ने भएको छ । भक्तजनहरुको मनोरञ्जनको लागि मिनिमेला सहितको रोटेपिङ साकृतिक कार्यक्रम सहितका बिभिन्न कार्यक्रमहरु म्ोला अवधिभर सन्चालन हुने तङसुम तङनाम त्रिशाली पूजा एबंम मेला मूल समारोह समिति अध्यक्ष तथा बडा न. १ यासोकका वडा अध्यक्ष देबेन्द्र कुमार लावतीले बताउनुभयो । गत त्रिशाली मेला भन्दा फरक तरिकाले यस पटकको त्रिशाली मेला सन्चालन भएको छ । उनले भने, सान्ती शुरक्षा र मेला ब्याबस्थापनका पक्षलाइ ब्याबस्थीत गरेका छौ लावतीले भने । मेलामा बिभिन्न स्टल, खेलकुद र मनोरञ्जनका साधनहरुको पर्दशन हुदै आएको छ ।