पानवारी । लागुऔषध सहित चतरा प्रहरीले सोमबार २ जनालाई पक्राउ गरेको छ ।

प्रहरी चौकी चतराका सई चक्रमणी थापाको नेतृत्वमा रहेको प्रहरी टोलीले बराहक्षेत्र–२ मिलनचोकबाट लागुऔषध सहित बेलका नगरपालिका–९ उदयपुर बस्ने २४ वर्षिय रविन राई र २१ वर्षिय मनोज अधिकारीलाई पक्राउ गरिएको हो । प्रहरीले उनीहरुको साथबाट डाइजिक्स १ थान, कोरेक्स १ थान र स्पाज्मोप्रोक्सीन ३३ थान लागुऔषध पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनालाई सोमबारै इलाका प्रहरी कार्यालय महेन्द्रनगर पठाइसकिएको जानकारी प्रहरी चौकी चतराका सई चक्रमणी थापाले जानकारी दिएका छन् । पछिल्लो समय बराहक्षेत्र गाँजाको ट्रान्जिट पोइन्टको रुपमा रहेको र लागुऔषधका कारोबारी र प्रयोगकर्ता समेत बढेको भनी प्रहरीले सक्रियता बढाउदै लगेको छ ।