मोरङ/मोरङको पथरीशनिश्चरे नगरपालिकाको कृषि शाखाले नगर क्षेत्रका कृषकहरुका लागि माटो व्यवस्थापन सम्वन्धी ३ दिने निशुल्क तालिम सञ्चालन गरेको छ ।
तालिमको एक कार्यक्रमकाबीच नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरेले उद्घाटन् गरेका छन् । झुम्का माटो प्रयोगशालाका प्राविधिक सहायक सूर्यदेव यादव र राजेन्द्रप्रसाद यादवले तालिमको सहजिकरण गरेका छन् । शुक्रवार समापन हुने तालिममा नगरका २९ जना अगुवा कृषकको सहभागिता रहेको कृषि शाखाकी सावित्रा कार्कीले वताइन् ।
यसअघि शाखाले उत्साही साना किसान सहकारीको भवनमा १ दिने निशुल्क माटो जाँच शिविर सञ्चालन गरेको थियो ।