इटहरी । प्रदेश एकको इटहरी गर्मी हुने शहर मध्ये एक हो । यहाँ प्रचण्ड गर्मी बढ्दै गएपछि जनजीवन नै अस्तव्यस्त हुने गर्छ । अहिले दैनिक विजुली र बत्ती हुदा पनि पंखा सम्म नघुम्ने भोल्टेजको समस्याले सर्वसाधरण आजित छन । बिद्युत प्राधिकरणको लोडसेडिङको तालिका नभए पनि लो भोल्टेजका कारण गर्मी खेप्नै गाहे हुने गरेको सर्वसाधरण वताउँछन । लो भोल्टेजका कारण विद्युत सेवा हुदा पंखा नघुम्ने, मोटरले पानी नतान्ने , कम्युटर नचल्ने जस्ता समस्या बढ्दो छ । उर्खरमाउँलो गर्मीमा पंखा विस्तारो घुम्दा गर्मी काट्न समस्या हुन थालेको इटहरी २० कि शिक्षिका सरिता राई वताउँछिन । देश लोडसेडिङ मुक्त भए पनि भोल्टेज नहुदा समस्या भएको छ उनी भन्छिन् । बेला बेला त भोल्टेज कम हुदा आईरन सम्म तात्तीदैन उनले भनिन् । गर्मी अत्याधिक बढेको कारण अहिले राई जस्तै हजारौ ग्राहकहरु भोल्टेजको समस्याले पिडित छन । विद्युत प्राधिकरण इटहरी केन्द्र अन्तरगत करीव ५५ हजार विद्युतका ग्राहक छन । दुहवी ग्रेडबाट ४० एमबिए पावर छ । उद्योगहरुले क्यापसिटर नलगाई विजुली प्रयोग गरीरहेको र भारतबाटै थोरै भोल्टेज आईरहेको कारण अहिले भोल्टेज कम आएको प्राधिकरणका सुपरभाईजर रितेशकुमार झाले वताए । उनले भने भोल्टेज कम भएको गुनासो ग्राहकहरुले गर्ने थाले पछि क्यापसिटर प्रयोग नगर्ने उद्योगहरुलाई कार्वार्ही गछौ । भोल्टेज सुधार कार्यक्रम समेत गरीरहेको प्राधिकरणले जनाएको छ । कन्डक्टर अपग्रेडिङ ,फेज थप,क्यापसिटर जडान तथा फेज ब्यालेन्स कार्यहरु अगाडी बढाएको सुपरभाईजर झा बताउँछन । उद्यौगिक क्षेत्रका कारण पनि भोल्टेज कम भईरहेको छ,हामी समाधन गर्ने लागेका छौ झाले थपे । प्रचण्ड गर्मी र बढी लोडका कारण प्रशारण लाइनको तार चुडिने र ट्रान्सफर्मर जल्ने समस्याका हुदा भोल्टेज कम प्रवाह भइरहेको छ । विद्युत प्राधिकरण इटहरी केन्द्रका प्रमुख रोशन खड्काले अहिले भारतबाटै भोल्टेज कम भएर आएको बताए । अहिले भोल्टेज कम भईरहेको स्वीकार गदै केन्द्र प्रमुख खड्काले सुधारमा लागेको जनाए । हामी भोल्टेज सुधार्ने लागेका छौ उनले भने । गर्मीयामको समयमा सबैले विद्युत खपत एक चोटी हुदा भोल्टेज कम हुने गरेको उनको तर्क छ । लो भोल्टेजको समस्या सुल्झाउँन आफुहरु माथिल्लो निकाय सम्म कुरा गरीरहेको प्राधिकरण इटहरी केन्द्र जनाउँछ । चुहावट रोक्ने विशेष अभियान प्राविधिक चुहावटका कारण इटहरीले ब्यहोर्नु परिरहेको नोक्सानी कम गर्नका लागि अभियान थालेको वताएको छ । अनुमती लिएको भन्दा फरक किसिमले बिद्युत प्रयोग गर्नेहरुलाई कार्वार्ही गर्ने यो अभियान इटहरी प्राधिकरणले सुरु गरेको जनाएको छ । यो चालु आर्थिक बर्षमा मात्र ३ सय ३३ जनाको मिटर बदली गरेको प्राधिकरणले जनाएको छ । बन्द मिटरबाट एक लाख ८७ हजार २६ युनिट असुल गरेको जनाएको छ । बिद्युत जुहावट गर्ने २ सय ६ जनालाई कार्वार्ही गरीएको छ । उनीहरुबाट १ लाख ९ हजार ६ सय ४० युनिट अर्थात २३ लाख ९ हजार ४८ रुपैया असुल गरेको प्राधिकरणको तथ्याकमा छ । त्यस्तै प्राधिकरणले नायँ ३३ केभी फिडर निमार्ण भई सञ्चालनमा ल्याएको जनाएको छ । दुई फिडरलाई उद्योगिक क्षेत्र र खनारमा जडान गरीने छ । विद्युत प्रबाह राम्ररी गराउँन चालु आर्थिक बर्षमा १० थान टान्सफर्म जडान,अपग्रेडिङ गरेको जनाउँदै भोल्टेज समस्याको लागी एलइडी प्रयोग गर्ने सर्वसाधरणलाई आग्रह गरेको छ ।