धनकुटा । सशस्त्र प्रहरी बल नेपाल, छिन्ताङ्ग गुल्म धनकुटाले आयोजना गरेको द्धा दिने जलउत्पन्न प्रकोप उद्धार पुनर्ताजगी तालिमको विशेष प्रदर्शनीको साथ विहिवार धनकुटाको मुलघाटमा सम्पन्न भएको छ । जिल्ला समन्वय समितिका प्रमुख टंक चुवानको प्रमुख आतिथ्यमा सम्पन्न तालिम समापन तथा डेमोस्ट्रेसन कार्यक्रममा छिन्ताङ्ग गुल्मका प्रमुख रमेश विक्रम शाहीले सहभागीलाई स्वागत गर्दै कार्यक्रमको प्रतिवेदन सुनाएका थिए । सो अवसरमा वोल्दै गुल्म प्रमुख शाहीले जुनसुकै समयमा हुने विपत्त तथा उद्धारको लागी ५० जना सशस्त्र प्रहरी बलका ५० जना जवानलाई ४ दिनसम्म जलउत्पन्न प्रकोप उद्धार पुनर्ताजगी तालिम दिइएको स्पष्ट पारेका छन । उनले अव देखी मुलघाटमा २४ घण्टा सशस्त्र प्रहरीका तालिम प्राप्त उद्धार टोली मुलघाटमा तैनाथ हुने पनि वताए । शाहीले छिन्ताङ्ग गुल्म धनकुटाको नेतृत्वमा तमोर नदीमा हुने जुनसुकै खालको विपत व्यावस्थापन गर्न तालिमको आयोजना गरिएको वताएका छन् । उनले धनकुटाको मुलघाटमा साँगुरीगढी गाउँपालिकाको आर्थिक सहयोगमा उद्धारकक्ष निर्माण गर्ने गरी योजना अघि वढाइ सकिएको पनि स्पष्ट पारेका छन् । उनले ४ दिनसम्म जेष्ठ २८ गते देखी शुरु भएको तालिममा सहभागीहरुलाई तमोर नदीमा अचानक कोही वगे भने तत्काल कसरी सकुशल उद्धार गर्न सकिन्छ भन्नेवारे तालिम दिइएको वताएका छन् । तालिममा रोप रेस्क्यू, अन्डर वाटर रेस्क्यू, स्थानिय श्रोत साधनको प्रयोगबाट गरिने उद्धार र अत्याधुनिक ढंगले गरिने उद्धारका विभिन्न चरणका तालिम समेत सो अवसरमा प्रदान गरिएको थियो । तालिम समापनमा तालिममा सिकेका ज्ञान सिपलाई सहभागी सशस्त्र प्रहरीका तालिम प्राप्त जवानहरुले नदीमा वगेर आपत परेका मान्छेलाई तत्काल उद्धार गरेर कसरी वचाउन सकिन्छ भनेर प्रदर्शन गरेका थिए । उनीहरुले नदीवाट निकालि सकेपछि गरिने प्राथमिक उपचार देखी अस्पतालसम्म लाने उपचार तथा उद्धार कार्यको प्रदर्शन गरेका थिए । साथै, सो अवसरमा कार्यक्रममा सहभागी प्रमुख अतिथि, विशेष अतिथि लगायत अन्य अतिथिहरुलाई मुलघाट देखी साप्तीङ्गटारसम्म ¥याफ्टिङ्ग गरेर जलयात्राको अनुभव समेत दिलाएको थिए । तालिम समापन समारोहलाई सम्वोधन गर्दै जिल्ला समन्वय समितिका प्रमुख टंक चुवानले धनकुटाका सातै स्थानिय तहले प्रकोप व्यावस्थापनको लागी कार्य योजना वनाएर अघि वढीरहेको वताएका छन् । सो कार्यको लागी हरेक स्थानिय तहमा प्रकोप व्यावस्थापन समिति मार्फत काम भैरहेको पनि प्रमुख चुवानले स्पष्ट पारेका छन् । त्यसैगरी सशस्त्र प्रहरी बलका बाहिनी पति मन्दिप श्रेष्ठले सशस्त्र प्रहरी बल जनसेवकको रुपमा स्थापित भएको संस्था भएको वताएका छन् । जहाँ जनतालाई सेवा आवश्याक पर्छ, त्याहाँ सशस्त्र प्रहरीले सेवा दिदै आएको वाहिनी पति श्रेष्ठले वताएका छन् । उनले भुकम्प, वाढी पहिरो, जल उत्पन्नबाट हुने प्रकोपको अवस्थामा होस वा आगलागीको अवस्थामा होस क्लस्टर छुट्याएर सेवा दिइरहेको वताए । साथै, उनले भैपरि आउने विपद्ध र प्रकोपलाई न्यूनिकरण गर्न जनचेतना जगाउने खालका कार्यक्रमहरु पनि संचालन गर्दै आएको वताएका छन् । जिल्ला दैवि प्रकोप उद्धार समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनालको अध्यक्षतमा सम्पन्न तालिम समापन समारोहमा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले पनि आफ्नो धारणा राखेका थिए । सो अवसरमा धनकुटा जिल्लाका ७ वटै तहका प्रमुख, उप–प्रमुख, सुरक्षा निकायका प्रमुखहरु, सराकारवाला संघ, संस्थाको प्रमुख एवं प्रतिनिधिहरुको सहभागीता रहेको थियो । कार्यक्रमको संचालन सशस्त्र प्रहरी वेश क्याम मुलघाटको इनेस्पेक्टर दुर्गा भट्ले गरेका थिए ।