इटहरी । मुल्य बृद्धिको विरुद्धमा नेपाल विद्यार्थी संघ सुनसरीले इटहरीमा बिहिवार प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् । पछिल्लो समय सरकारले थेग्नै नसक्ने गरी मुल्य बृद्धि गरेको भन्दै नेपाल विद्यार्थी संघ चरणबद्ध आन्दोलीत हुदै आएको थियो ।
पुत्ला दहनमा प्रहरी र आन्दोलनकारी बिच केहि समय घम्साघम्सी समेत भएको थियो । चर्को महगीं भएको भन्दै विद्यार्थीले सरकार विरुद्ध नारावाजी गरेका थिए । विद्यार्थीले नारावाजी गर्दै इटहरी नगर परीक्रमा गरेको नेपाल विद्यार्थी संघका सुनसरी सभापति नेवि मन्दिप भट्टराईले जनाए ।
इटहरीमा प्रधानमन्त्रीको पुत्ला दहन
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































