पाँचथर ब्लाष्ट । पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा लाखौं रुपयाँ खर्चगरि खेलमैदान निमाणर््ा गरियो । सबैले जिल्लाकै नमुना खेलमैदान निर्माण गरेको भन्दै प्रशंसा समेत गरे । सो समयमा हातार–हतारमा उपभोत्ता समिति गठन गरि खेलमैदानको निर्माण गरिएको थियो । तर अहिले बर्षादको कारणले खेलमैदान पानी संगै बग्न थालेको छ । गाउँपालिकाले खेलमैदान निर्माणको लागि १६ लाख रुपयाँ रकम निन्योजन गरेको थियो । खेलमैदान निर्माण भएको दुई महिना पनि हुन नपाउँदै भत्किन थाल्नु कुम्मायक गाउँलिकाको लागि दुःखत पक्ष भएको स्थानिय पूर्व शिक्षक नन्दिकेशर निरौलाले बताए । उनले भने, जनताले तिरेको कर राज्यको सम्पत्ती हो । तर त्यही संम्पती यसरी खेरजानु राम्रो नतिजा होइन यसलाई सुधार गर्नुपर्छ निरौलाले भने । जमिनको सतहमा भन्दा पनि अधिकाम्स खेलमैदानको आकारलाई माटोले पुरेर ठुलो बनाईएको थियो । तर अहिले त्यही माटोले पुरेर बनाएको खेलमैदान भत्किन थालेको छ । पाँचथर जिल्लाकै एक मात्र प्याराफिट सहितको खेलमैदान निर्माण हतार–हतारमा समितिले गरेका कारण यस्तो हविगत भएको स्थानियको अरोप छ । समितिले छोटो समयमा काम सम्पन्न गर्दा के कसरी ? ग¥यो भनी प्राबिधिकले हेक्का नराखेकै कारण यस्तो अबस्था आएको स्थानियले जनाउँदै आएका छन । त्यस्तै खेलमैदानको माथिल्लो भागमा निर्माण गरिएको प्याराफिट पनि बग्ने अबस्थामा पुगेको छ । बजारको अधिकाम्स ढल सोही प्याराफिटमै जम्मा भएकाले खेलमैदान कम्जोर अबस्थामा पुगेको हो । खेलमैदानको चारैतिरको ढल निकाशको ब्याबस्था नगर्दा यस्तो समस्या देखा परेको छ । खेलमैदान उपभोत्ता समितिका अध्यक्ष मिराक सम्बाहाम्फेका अनुसार आफुहरुले गाउँपालिकाका प्राबिधिकहरुले दिएको प्राबिधिक स्टमेटका आधारमा खेलमैदान निर्माण गरेका हौ, यसमा समितिको कुनै तुक नरहेको उनले दावि गरे । कुम्मायक गाउँपालिकाकै केन्द्रमा पृथ्वी माबिको खेलमैदानमा अन्तराष्ट्रिय स्तरको खेलकुद प्रतियोगिता सञ्चालन हुदै आएको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा यो खेलमैदानले चर्चा बटुलेको छ । गाउँपालिकाको आस्थाको केन्द्रको रुपमा रहेको खेलमैदानमा यस्तो समस्या देखा पर्नु नराम्रो भएका गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङ स्वीकार गर्दछन । उनिभन्छन् । खेलमैदान निर्माणको लागि गाउँसभाले रकम बिन्योजन गरि प्राबिधिक खटाएर काम अघि बढाईएको थियो । प्राबिधिकहरुले दिर्घकालिन असरको पहिचान गर्न नसकेकै कारण यस्तो समस्या भएको छ । यसको समिक्ष गाउँपालिकाले गर्ने छ । चेम्जोङले भने ।