धनकुटा । सरकारी छाप, लेटरप्याडर दरखास्त किर्ते गरिएको अभियोगमा जिल्ला सहकारी संघ धनकुटाका अध्यक्ष तथा प्रदेश १ काे राजधानी धनकुटा अभियानका संयाेजक सुन्दरबाबु श्रेष्ठ शुक्रवार पक्राउ परेका छन् । वि.सं.२०४० साल देखी मालपोत कार्यालय धनकुटामा साझा सहकारी संस्था लिमिटेड पाख्रीवासले रोक्का राखेको साविक सान्ने गाविस वडा नं.६ हालपाख्रीवास नगरपालिका वडा नं.२ घर भएकादिल प्रसाद सिंजालीको नामको जग्गा फुकुवा गर्न किर्ते हस्ताक्षर र सरकारी छाप प्रयोग गरी मालपोत कार्यालयमा पत्रचार गरेको अभियोगमा संघका अध्यक्ष सुन्दरबाबु श्रेष्ठ पक्राउ परेका हुन। उनलाई धनकुटा नगरपालिका वडा नं.६ स्थित भिमनारयण चोकवाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख सुरेन्द्रवहादुर गुरुङ्गले बताएका छन् । पक्राउ परेका श्रेष्ठले ०७४ चैत्र १२ गते डिभिजन सहकारी कार्यालय धनकुटाको प्याड, सरकारी छाप र निमिक्त सहकारी अधिकृतको हस्ताक्षर गरी च.नं.६४२ उल्लेख गरी साविका सान्ने गाविस वडा नं.६ हालपाख्रीवास नगरपालिका वडा नं.२ वस्ने दिलप्रसाद सिंजालीको नाममा मालपोत कार्यालय धनकुटामा रोक्का रहेको ७ रोपनी, ६ आना २ पैसा, जग्गा फुकुवाको लागी परित्रपत्र गरेका थिए । सिंजालीको नाममा पाख्रीवास न.पा.वडा नं.२ स्थित कि.नं.१९ मा रहेको ३ रोपनी, ५ आना, २ पैसा, कि.नं.२० मा रहेको २ रोपनी, ४ आना र कि.नं.२५ मा रहेको १ रोपनी, १३ आनाजग्गा रहेको उल्लेख छ । सरकारी छाप, लेटर प्याड र किर्ते हस्ताक्षर गरी श्रेष्ठले मालपोत कार्यालय धनकुटालाई परिपत्र गरेपछि घटना सार्वजानिक भएको थियो । मालपोत कार्यालयमा किर्ते फुकुवाको परिपत्र पुगेपछि डिभिजन सहकारी कार्यालय धनकुटाका प्रमुख दिलशेर राईले संघका अध्यक्ष श्रेष्ठलाई पक्राउ गरी आवश्याक कानुनी कार्वाही गर्न ०७५ वैसाख १९ गते पत्रचार गरेका थिए । सोही क्रममा जग्गा धितो राख्ने दिलप्रसाद सिजालीलाई प्रहरीले ०७५ असार १३ गते र श्रेष्ठलाई असार १५ गते पक्राउ गरी सरकारी छाप, प्याड र किर्ते हस्ताक्षरको अभियोगमाअदालतमा मुद्धा दर्ता गरिएको प्रहरी प्रमुख गुरुङ्गले वताएका छन् । यसै विच महालक्ष्मी नगरपालिका वडा नं.७ का जुल्फे कामीको छोरा तुलाराम विश्वकर्माले पनि साझा सहकारी संस्था जितपुर धनकुटाले रोक्का राखेको जग्गालाई किर्ते कागजपत्र ०७५ वैसाख १३ गते पेश गरेको पाइए पछि निजलाई तत्काल पक्राउ गरी आवश्याक अन्शन्धान भैरहेको वताइएको छ । सो विषयमा सहकारी डिभिजन कार्यालय धनकुटाका प्रमुख दिलशेर राईले दिलप्रसाद सिंजालीको नाममा रोक्का रहेको जग्गा मालपोत कार्यालयले ०७५ वैसाख १९ अगाडी नै फकुवा गरिसकेपछि मात्र थाहा पाइएको वताएका छन् । उनले दिल प्रसाद सिँजाली र तुलाराम विश्वकर्माले किर्ते कागजपत्र वनाई पेश गरेको कारण निजहरुलाई कानुन् वमोजिम कार्वाहीको लागी कार्यालयको तर्फवाट सिफारिस गरिएको वताएका छन् । किर्ते हस्ताक्षर, डिभिजन सहकारीको लेटरप्याड र छाप सुन्दरवावु श्रेष्ठले नै प्रयोग गरेको हो भन्ने अभियोगको सन्दर्भमा आफुले केही बोल्न नमिल्ने वताएका छन् । ऋणीहरु सम्वन्धित हुन् र तिनैको नाममा किर्ते कागजपत्र पेश भएका छन्, अनुशन्धान पछि अदालतले फैसला गर्दा जे ठहर्छ त्यही हुन्छ, सहकारी डिभिजन प्रमुख राईले भने । यता प्रहरीले अनुशन्धानको क्रममा अभियोग प्रमाणित भए मुलुकी ऐनको किर्ते महलको १ को दफा १२ वमोजिम कम्तीमा ४ वर्ष सँजाय हुने जनाएको छ । थप अनुशन्धानको लागी प्रक्रिया अघि वढीरहेको प्रहरी प्रमुख गुरुङ्गले ब्लाष्टलाई वताएका छन् ।