पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका भित्र पर्ने निमार्णाधिन मनमोहन–गान्धी मार्ग कालो पत्रे सडक नगरपालिकाको मापदण्ड विपरीत निमार्णकार्य भएको पाइएको छ । कालो पत्रे निमार्ण समितिले ६० फुट कायम गरेर सडक निमार्ण गरेपछि मापदण्ड विपरीत निमार्ण भएको हो । नगरपालिकाको गुरुयोजनामा पूर्वपश्चिम राजमार्ग भुटानी शरणार्थी शिविर देखि दक्षिण गान्धी आश्रम सम्म सो सडकको चौडाई ८२ फुट कायम गरेर जाने निर्णय भएको थियो । पथरीशनिश्चरे नगरपालिकाले ८२ फुट कायम गर्ने निर्णय गरेपछि पहिलो पटक १ किलोमिटर नाला सहितको कालो पत्रे सडकमा रकम विनियोजन गरेको थियो । रकम विनियोजन गरेपनि नगरपालिकाको नियम उलङ्घन गर्दै सडक निमार्णकार्य धमाधाम भैरहेको छ । नगरपालिकाले आर्थिक बर्ष २०७४÷०७५ मा मनमोहन–गान्धी मार्ग सडक अन्तरगत वडा नं.९ र ४ मा पर्ने वडाकार्याल देखि आर्दश चौक सम्म १ करोड र जनताबाट १५ प्रतिशत संकलन सहित १ करोड १५ लाख विनियोजन गरेको थियो । नगरपालिकाको स्टीमेटमा ६ सय मिटर कालो पत्रे, ९ सय मिटर नाली र ३ सय मिटर एकपटि मात्र वाल र १० मिटर चौडा भएको कालो पत्रे सडक बनाउने रहेको वडाकार्यालय देखि आर्दश चौक कालो पत्रे निमार्ण उपभोक्ता समिति अध्यक्ष पर्शुराम कार्कीले बताए । तर त्यस योजनामा तीन वटा छुट्टा छुट्टै योजना बनाएर निमार्ण समिति बनेको छ । वडाकार्यालय देखि आर्दश चौक कालो पत्रे निमार्ण उपभोक्ता समिति , नाली निमार्ण उपभोक्ता समिति र खाल्डाखुल्डी निमार्ण उपभोक्ता समिति गठन गरी निमार्ण कार्य भैरहेको छ । वडाकार्यालय देखि आर्दश चौक सम्म कालो पत्रेलाई ५४लाख ५० हजार, ९ सय मिटर (नाला)मा ४५लाख ५० हजार र खाल्डाखुल्टी पुरपारमा ९ लाख रुपैया छुट्याएका छन् । मनमोहन–गान्धी मार्ग सडक केहि बर्षमै ८२ फुट कायम गर्ने योजना आएमा ४५ लाख नगरको रकम बालुवामा पानी लगाए झै हुने देखिन्छ । एउटा योजनालाई टेन्डर लगाउनु पर्छ भनेर मिलेमतोमा तिनवटा योजना वनाए काम गरेको स्थानीय उपभोक्ता विरकाजी कटुवालले बताए । उता वडाकार्यालय देखि आर्दश चौक कालो पत्रे उपभोक्ता समितिले आम भेला बोलाई ६० फुट कायम गर्ने निर्णय भएको थियो । उनिहरुले नगरको मापदण्ड त पुरा गरेनन्, उता समितिले निर्णय गरेको ६० फुट पनि सडक कायम गर्न सकेनन् । शनिश्चरे चौकको नाला ठेकेदार टङ्क केसीको घरको पेटी जोगाउँदा समितिले निर्णय गरेको ६० फुट पनि पुरा गर्न पाएनन् । ठेकेदारको पेटी जोगाउँदा सडक ५५ फुट मात्र कायम भएको छ । ठेकेदारको घर जोगाउँदा त्यहाँ देखि दक्षिणको उपभोक्ताहरुले पनि ५५ फुटमात्र दिएका छन् । दक्षिणको सडक ३ सय मिटर ५५ फुटमात्र कायम छ । उत्तरमा त्यस अघि निमार्ण गरिएकोले ६० फुट निमार्ण गरिएको छ । घरको पेटीमा सेफ्टी टयाङ्की भएकोले भत्काउन नसकिएको कालो पत्रे निमार्ण समितिका अध्यक्ष पर्शुराम कार्की बताउँछन् । केसीको घर देखि तल ४ घर भत्कीने भएकोले ५५ कायम गरेर लगेको र हामीलाई कसैको घर भत्काउने अधिकार नभएको र समितिले कसैलाई ठेक्का नदिएको अध्यक्ष कार्की बताउँछन् । उता नगरपालिकाले घरजग्गा नक्शा पास भने ८२ फुट भन्दा बाहिर मात्र गर्दै आएको छ । केसीको पेटी जोगाउँने हुदा विवाद पनि भएको थियो । स्थानीय उपभोक्ताहरुले १ महिना अघि ३ दिन काम रोकेका थिए । काम रोके पछि केसीले भन्काउने सर्तमा काम फेरी सुरु गरेको थियो तर पछि केसीले नभत्काएको सडक उपभोक्ता विरकाजी कटुवालले जनाए । विवाद भए पछि स्थानीय उपभोक्ताहरुको हस्ताक्षरमा विरकाजी र गोपाल तामाङले नगरपालिकामा उजुरी लगाएका थिए । सडकको चौडाइमा मनपरी भएकोले एकरुपता ल्याउन भन्दै नगरका प्रमुख दिलिपकुमार राईलाई उजुरी दिएको विरकाजी कटुवालले जनाए । यस विषयमा नगरपालिकाको मेयर दिलिप राईले मनमोहन–गान्धी मार्गको गुरु योजना अन्तरगत ८२ फुट नै भएको र यो दशौँ बर्ष पछिको कार्यक्रम भएको बताउँदै अहिले सडक उपभोक्ताले आफुअनुकुल नै सडक बनाएको बताए ।