ताप्लेजुङ / जिल्लाका १० महिलालाईअल्लोको कपडा बनाउने तालिम सुरु भएको छ । ताप्लेजुङ सदरमुकाम फुङलिङमा ७ दिने अल्लोको कपडा बनाउने तालीम शुरु भएको हो । महिला जागरण मञ्चको आयोजनमा सञ्चालन भएको तालीमको उद्घाटन फुङलिङ नगरपालिकाका प्रमुख छत्रपति प्याकुरेलले गर्नु भएको थियो ।उद्घाटन कार्यक्रमलाई सम्बोध नगदै नगर प्रमुख प्याकुरेलले ताप्लेजुङमै अल्लो बनाएर जिल्ला बाहिर बिक्रिगर्नु पर्ने बताउनुभयो । उहाँले तालीममा सहभागीहरुलाई तालीम पश्चात उद्यमी बन्न समेत अनुरोध समेत गर्नुभयो ।
त्यस्तै घरेलु तथा साना उद्योग बिकास समिति ताप्लेजुङका उद्योगअधिकृत सुनिल आर्चायले तालीमलाई थप सहयोग गर्न घरेलु तथा साना बिकास समिति तयार रहेको बताउनुभयो । उहाँले हाल अल्लो संखुवासभाबाट ल्याएर तालीम प्रदान गर्नु परेको बताउदै आउदा दिनमा ताप्लेजुङमा नै तयार गर्ने खालको जनशक्ति उत्पादन गरिने दावी गर्नुभयो ।
सातदिने तालीम भएपनि एक महिना सम्म सञ्चालन गर्ने लक्ष्य लिएको उक्त तालीमको प्रशिक्षण गिता राईले गर्नु हुने बताईएको छ । उद्घाटन कार्यक्रममा उप-मेयर बमबहादुर भट्टराई, प्रमुख प्रशासकिय अधिकृत श्रवणकुमार पोखरेल, फुङलिङ नगरपालिका वडा नं ८ का वडाध्यक्ष पदम पालुङ्वा, कृषि विकास बैङ्क लिमिटेडका उपप्रबन्धक यामबहादुर श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
महिला जागरण मञ्चकी अध्यक्ष शान्ति मादेनले आर्थिक रुपमा पछि परेका महिलाहरुलाई तालीममा सहभागी गराएको बताउनुभयो । नगरपालिकाले सहयोग गरेकोमा धन्यवाद दिदै आगामी दिनमा पनि सहयोग निरन्तरताको अपेक्षा राख्नुभयो । तालीमको लागि फुङलिङ नगरपालिकाले आर्थिक सहयोग गरेको मञ्चकीअध्यक्ष मादेनको भनाई छ ।