विराटनगर / इलका प्रहरी कार्यालय विराटनगर रानीले लागूऔषध सहित एक जना युवालाई पक्राउ गरेको छ । प्रहरीले विराटनगर १३ का २५ वर्षीय सुशान्त रिजाललाई मंगलबार अवैध लागूऔषध नाइट्रोसन सहित पक्राउ परेको हो । इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक सन्तोश निरौलाका अनुसार रिजालको साथबाट २० ट्याब्लेट नाइट्रोसन बरामद भएको जानकारी दिए । पक्राउ परेका रिजाल विरुद्ध लागू औषध ऐन अन्तर्गतको मुद्धा चलाउन सोही दिन जिल्ला अदालत मोरङबाट म्याद थप गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । त्यसैगरी इप्रका रानीले सार्वजनिक अपराध ऐन अन्तर्गतको मुद्धामा एक हजार रुपैयाँ जरिवाना गरिए पनि फरार रहेका एक जनालाई विराटनगरबाट पक्राउ गरेको छ । प्रहरीले विराटनगर १८ का ३५ वर्षीय छोटु महतोलाई पक्राउ गरेको हो । प्रहरी निरीक्षक सन्तोश निरौलाका अनुसार महतोलाई जिल्ला अदालत मोरङले २०७३ साल मंसिर ८ गते एक हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । अदालतको फैसलापछि उनी फरार भएका थिए । महतोलाई पक्राउ गरेर जिल्ला अदालतमा पेस गरिएको निरौलाले बताए ।