पाँचथर / पाँचथरको कुम्मायक गाउँपालिकामा वान हट वल्ड वाईड नामक संस्थाले नवजात शिशु स्वास्थको लागि बर्थिङ सेन्टरमा उपकरण सहितको सामाग्री सहयोग गरेको छ । अन्तराष्ट्रिय स्तरको गैरसरकारी संस्थाले उक्त स्वास्थ्थ संस्थालाई उपकरण सहयोग गरेको हो ।
गाउँपालिकाको केन्द्रमा प्रसुुतिका लागि महिलाहरु बर्थिङ सेन्टरमा पुग्ने गरेका छन । आवश्यक उपकरणको अभावमा शुरक्षित मातृशिशु स्वास्थ्थको लागि समस्या हुदै आएको भन्दै उक्त उपकरण प्रदान गरिएको वान हट वल्ड वाईड पाँचथरका सुपरभाईजर राजेश लोहोनीले बताए ।
यस अघि पनि सोही संस्थाले स्वास्थ्थ चौकी यासोकमा भिडियो एक्सेरे सेवा निशुल्क उपलब्ध गराएको थियो । प्रसुति गराउँने महिलाहरुको चाप बढ्दै जान थालेपछि मातृशिशु स्वास्थ्थमा सहयोगको पुर्याउँने उदेश्य अनुरुप थप उपकरणहरु प्रदान गरिएको सो सस्थाले जनाएको छ । यसै बीच गाउँपालिका उपाध्यक्ष सिता आचार्यले ‘वान हट वल्ड वाइटले गाउँपालिकामा रहेको स्वास्थ्थ संस्थालाई मातृशिशु स्वास्थ सुधारमा उपकरण सहयोग गरेर आमा र बच्चाको स्वास्थ्यलाई सुधारमा मर्दत गरेको भन्दै प्रसंसा समेत गरेकी थिइन ।
संस्थाले जिल्लाको १२ वटा स्वास्थ्थ चौकीका बर्थिङ सेन्टरमा मातृशिशु स्वास्थ्थको लागि औजार तथा उपकरण माग भए अनुसार बितरण गर्दै आएको छ । बिरामीको चापको आधारमा जिल्लाको कुम्मायक, फालेलुङ, याङवरक र मिक्लाजुङ गाउँपालिकाहरुको बर्थिङ सेन्टरमा भिडियो एक्सेरे र उपकरणहरु बितरण गर्दै आएको लोहोनी बताए । पाँचथरको ३६ वटा बर्थिङ सेन्टर मध्ये सन २०१८ सम्ममा १२ वटा बर्थिङ सेन्टरमा उपकरणहरु उपलब्ध गराउँने सो संस्थाले लक्ष्य लिएको छ ।