विराटनगर । सामान्य वर्षा हुँदा विराटनरको केही वडाहरु जलमग्न भइ डुवानमा पर्ने गरेको छ । दुई दिन यतादेखी परेको वर्षाले विराटनगरको केही भाग जलमग्न बन्यो । अव्यवस्थित विकास निर्माण र जमेको पानीको निकाश हुन नसक्दा नपाएपछि महानगरको ९, १२, १३, १७, १८ वडा जलमग्न हुने गरेको छ । एकै पटक नगरक्षेत्रका अधिकांश बाटा र नाला भत्काइएकाले पानीले निकास नपाउँदा नगर क्षेत्रका सडकसहित स्कूल, अस्पताल, कार्यालयमा पानी पसेको छ । नगर क्षेत्रका बाटाघाटा जलमग्न र हिलाम्मे भएपछि सर्वसाधारणलाई सवारी साधन कुदाउन र आउजाउ गर्न समस्या भएको छ । वर्षायामकोे समयमा जलमग्न र डुवान हुने समस्याको सामाधान गर्नको लागि महानगरपालिकाले नाला सफाई अभियानलाई तीव्र रुपमा अगाडी बढाएको विराटनगर महानगरापलिको प्रमखु भिम पराजुलीले जानकारी दिए । महानगरले वर्षादको समयमा हुन सक्ने डुवान समस्या समाधानका लागि नाली सफाई अभियानलाई तीब्र पारेको बताइएको छ । महानगरले सिंघाइ नदी र केशलिया खोलासंग जोडिएका सवै शाखा नालीहरुलाई खोल्ने काम भइरहेको छ । महानगर भीत्रका मूख्य नाली, पैनी र खोल्सा खाल्सीहरु पुरिएकाले सफाई अभियान थालिएको पराजुलीको भनाई छ । गएका वर्षहरुझै यसपटक समस्या नआहोस भनेर खोलासंग जोडिएका सवै नाला सफाई गराउने काम भइरहेको उनले बताए । स्काभेटरको प्रयोग गरेर ठूला नालीहरु सफा गर्ने देखि सडक नालाको समस्या समाधानमा महानगर जुटिरहेको छ । वडास्तरमा स्काभेटर र जनशक्ति प्रयोग गरेर नाला तथा खोल्सा खोल्सी सफा गर्ने काम भइरहेको छ । विराटनगरको १२ नम्बर वडामा रहेको च्याङवारी सफा गराउनका साथै ११ सय मिटर आउटलेट ड्रेन बनाउने काम अन्तिमचरणमा पुगेको छ भने वार्ड नं ६ र वार्ड नं १२ मा जोडिदै केशलिया पुग्ने धुदुवा पैनी सफा गराउने काम सम्पन्न भइसकेको छ । यस्तै सिंघाइ संग जोडिएका वार्डहरुका सवै नालीहरु सफा गराउने काम भइरहेको छ । सिंघाइ र केशलीयासंग जोडिएका सवै नालाहरु पूर्णरुपमा सफाइ भए डुवान समस्या समाधान हुने महानगरको दावी छ । विराटनगरको नाला सफाइ गर्दै कामदार ।