विराटनगर । सुन तस्करी र सनम शाक्या हत्या प्रकरण मुद्दामा पुर्पक्षको लागि थुनामा रहेका प्रजातान्त्रीक नेता भुजुङ्ग गुरुङका सवारी चालक फाल्दुङ, फुल्टुङ भन्ने लक्षु बहादुर गुरुङले अवैध सुन स्कटीङ गरि गन्तब्यसम्म पु¥याउने गरेको पाइएको छ । प्रहरी समक्ष उनले दिएको बयानमा अन्तराष्टिूय विमानस्थलबाट बाहिर ल्याएको सुन अनामनगरबाट बुझेर भाडामा लिएको घरमा स्कटिङ्ग गरि सुन पु¥याउने गरेको बताएका छन् । उनले दिएको बयानमा भनिएको छ, ‘मैले २०÷२१ पटक सुन ल्याउने गोपाल श्रेष्ठ, फुच्चे भन्ने विरेन्द्रमान श्रेष्ठ, सानु बन, नरेन्द्र कार्कीले ल्याएको सुन भविन राई भन्ने भबिन तामाङ बस्ने अनामनगरमा रहेको कोठामा र अन्य ठाउँमा सुन लगेको छु ।’ सुन लग्ने क्रममा फुच्चे भन्ने विरेन्द्रमान श्रेष्ठले एक पटक सुन हराएपछि मेरो सुन गन्ती गर्ने काम थपीएको उनले दिएको बयानमा उल्लेख छ । ‘२०७२ सालदेखी भजुङ्गको गाडी चलाउँदै आएको छु,’ उनले प्रहरीलाई दिएको बयानमा भने, ‘त्यसपछि राम्रो पैसाँ हुने भन्दै भुजुङ्गले नै अवैध सुनको ओसार पोसरामा गर्न लगाएको हो ।’ दोस्रो चरणको अनसुन्धान क्रममा पक्राउ परेको लक्षुसहित ७ जनलाई सरकारी वकिलको कार्यालयले बुधबार पुरक अभियोग लगाएर मुद्दा दर्ता गरेको छ । उनीहरुलाई अपराधिक समूह स्थपान गरि संचालन, सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबार, अपरण तथा शरीर बन्धक र कर्तब्य ज्यान मुद्दामा जिल्ला अदालत मोरङमा मुद्दा दायर भएको हो ।
हराएको साढे ३३ किलो सनु पु¥याउने जिम्मा मेरोे थियो पछिल्लो पटक माघ ९ गते बिच बाटोबाटै हराएकोे साढे ३३ किलो सुन झुजुङ गुरुङले भनेको स्थानमा पु¥याउने जिम्मा मलाई दिएको थियो । सानु बनले सुन अनामनगरसम्म ल्याएपछि मलाई सुन दिने र भनेको स्थानमा पु¥याउने जिम्मा मैले पाएको थिए । सुन आउने भएकोले मैले सानु वनलाई निरन्तर फोन सम्पर्क गर्दै आएका थिए । यसै बिचमा भविन तामाङसँग भेट भयो । हामी दुवै जना सुन राख्ने घरमा गयांै । कोठामा पुग्ने वित्तिकै सानु वनले भविनलाई फाने ग¥यो । फोन सम्पर्कले सानु वनले सुन लिन आउने ठाउँ बोलाए । भविन र डाक्टर छिरिङ वागेलले सानु वन भएको तिर गए । म घरतर्फ जादै थिए सानु वनको फोन आयो । फोनमा सानु बनले ४÷५ जना माक्स लगाएको मानिस आएर सुन लुट्यो भने । त्यस लगतै मैले भुजुङ्ग गुरुङलाई जानकारी गराए । बाटोबाटै कसरी लुटियो सुन भनेर गुरुङ्गसहित, डाक्टर छिरिङ, भविन, गोपालसहितको ६ जना भइ होटल गार्डेनमा छलफल भएको थियो । लक्षु बहादुर गुरुङ्गले प्रहरी समक्ष दिएको बयानमा आधरित ।