बिर्तामोड / विभागीय टोली त्रिभुवन आर्मी क्लब जारी चौथो झापा गोल्ड कपको सेमीफाइनलमा प्रवेश गरेको छ । सशस्त्र प्रहरीको एपिएफ क्लबलाई ३—० गोलअन्तरले पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो ।
झापा गोल्डकपका लागि आर्मी भाग्यशाली टीम हो । डिफेन्डिङ च्याम्पियन आर्मीले पहिलो र तेस्रो उपाधि विजेता हो ।
बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा मंगलबार सम्पन्न प्रतिस्पर्धात्मक दोस्रो क्वाटरफाइनल खेलमा आर्मीले पहिलो हाफमा नै अग्रता लिएको थियो । खेलको ४३ औँ मिनेटमा आर्मीका टंक बस्नेतल, ८२औँ मिनेटमा सन्तोष तामाङले र ८३ औं मिनेटमा पुन नवयुग श्रेष्ठले गोल गरि फराकिलो अन्र्तर।ले टिमलाई विजयी गराए । बुधबार विभागीय टोली नेपाल प्रहरी र थ्री स्टार क्लबबीच खेल हुने आयोजकले जनाएको छ ।