इटहरी / इटहरीका मेयर द्वारिकलाल चौधरीले पत्रकारलाई दिएको धम्की र त्यसपछि उत्पन्न परिस्थितिको बारेमा अध्ययन नेपाल पत्रकार महासङ्घ प्रदेश समितिले मिसन टोली बनाएको छ ।

महासङ्घको प्रदेश समितिले आज महासङ्घका पूर्व केन्द्रीय सदस्य मोहनकाजी न्यौपानेको अध्यक्षतामा ४ सदस्यीय टोली बनाएको हो । सो टोलीको सदस्यमा महासङ्घका पूर्व केन्द्रीय सदस्य गणेश लम्साल, सुनसरी शाखाका अध्यक्ष अमर खड्का र प्रदेश सदस्य जयकृष्ण यादव रहेका छन् ।

त्यस्तै, मेयर चौधरीले भ्रष्टाचारको विरोध उत्पन्न घटना र पीत पत्रकारिता भनी घटनालाई विषयान्तर गरेका र सामाजिक सञ्जालमा त्यस्तै टिप्पणी आइरहेकले सत्य तथ्य अध्ययन गर्न मिसन टोली बनाइएको महासंघका महासचिवद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

आजै नेपाल पत्रकार महासंघ सुनसरीले सुनसरीका अग्रज तथा पूर्व अध्यक्षहरुसँग सुझाव लिएको छ । मेयर चौधरीले आत्म आलोचना तथा पत्रकारहरुसँग माफी नमागुनजेलसम्म आन्दोलनका कार्यक्रमहरु जारी राख्न महासंघलाई सुझाएका छन् । छलफलमा मेयरले पदीय हैसियत भन्दा माथि गएर बोल्नु शोभनिय नभएको बताएका थिए । पत्रकारहरुले पनि सामाजिक सञ्जालमा आफ्नोे अभिव्यक्ति दिदा ख्याल गर्नु पर्ने सुझाव आएको थियो ।

छलफलमा अग्रज पत्रकार हर्ष सुब्वा, कृष्ण अधिकारी, कृष्णविनोद लम्साल, बानका महासचिव चन्द्र न्यौपाने, प्रेस संगठन नेपालका केन्द्रीय सदस्यहरु लिलाराज भट्टराइ, राजन केडी, देबेन्द्र कार्की, प्रेम युनियनका सुनसरी अध्यक्ष धनबहादुर पुरी, पत्रकार महासंघका पूर्व अध्यक्ष राजेश विद्रोही, अर्जुन उप्रतीलगायतको उपस्थिति रहेको थियो । आएका सुझावलाई महासंघमा छलफल गरि आधिकारी धारण बनाई आन्दोलनका कार्यक्रम तय गर्ने महासंघका सुनसरी अध्यक्ष अमर खड्काले जानकारी दिए । उनले द्वन्द्वलाई चर्काउने भन्दा पनि समस्यालाइ कसरी न्यूनिकरण गर्ने भन्ने विषयमा महासंघ गम्भीर भएको अध्यक्ष खड्काले बताए । छलफलमा मेयर चौधरीले दिएको अभिव्यक्तिप्रति उनी संलग्न पार्टी नेकपाले पनि आफ्नो धारणा सार्वजनिक गदैं इटहरीमा सृर्जना भएको असहज परिस्थितलाई सुल्झाउन सुझाव दिएका छन् ।