देउराली । धरान उपमहानगरपालिकाले नगर क्षेत्र भित्र रहेका अपाङ्गता भएका व्याक्तिहरुलाई अपाङ्गता परीचय पत्र वितरण गरेको छ ।
नगर स्तरीय अपाङ्गता समन्यन समितिकी अध्यक्ष, कार्यवाहक नगर प्रमुख मञ्जु भण्डारीको अध्यक्षतामा विभिन्न प्रकृतीका अपाङ्गता भएका २१ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरेको समिति सदस्य सचिव सामाजिक विकास शाखा अधिकृत प्रज्ञादेवी निरौलाले जानकारी दिइन् ।
उपमाहनगरपालिकाले २१ ज्ना अपाङ्गता भएकाहरु मध्य १ महिला र ६ पुरुष गरी ७ जनालाई क वर्गको परिचय पत्र वितरण गरेको छ । त्यस्तै ख वर्गमा ८ महिला र ५ पुरुष गरी १३ जान र ग वर्गमा १ जना महिलालाई परिचय पत्र वितरण गरेको निरौलाले बताइन् ।
निरौलाले आगामी दिनमा उपमहानगरपालिकाको तर्फबाट अपाङ्गता भएका व्याक्तिहरुको शशक्तीकरणका कार्यक्रमहरु अगाडी बढाइने बताइन् । उनले लामो समय पछि स्थानिय तह संञ्चालनमा आएकाले अागामी दिनमा उनीहरुकाे लागि उिचत व्यवस्थापन गर्ने बताइन ।
अघिल्लो आर्थिक वर्ष र यसपटक गरी उपमहानगरले २३२ जना अपाङ्गता भएका व्याक्तिहरुलाई अपाङ्गता परीचय पत्र वितरण गरेको छ । जसमा क वर्गमा ७१ वटा ख वर्गमा १३६ वटा ग वर्गमा २४ वटा र घ वर्गमा १ वटा परिचयपत्र वितरण भएका छन् ।
यसरी अपाङ्गता परिचय पत्र पाएका अपाङ्गता भएका व्याक्तीहरुले नेपाल सरकारले दिदै आएको सामाजिक सुरक्षा भत्ता निजामती सेवा अन्तरगतको लोक सेवा आयोगमा कोटा तथा छात्रवृती तथा विभिन्न छुटहरु प्राप्त गर्न सक्ने छन् ।