श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११३९, वि.सं.२०७६ साल आश्विन ६ गते सोमबार, २३ सेप्टेम्बर २०१९ । आश्विन कृष्णपक्षको नवमी तिथि १३ः२३ बजेसम्म, उप्रान्त दशमी, नक्षत्र आद्र्रा ०७ः४२, उप्रान्त पुनर्वशु । चन्द्रमाराशि मिथुन, सूर्योदय ५ः५३ र सूर्यास्त ५ः५८ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । न्यायिक क्षेत्रमा सफलता मिल्ला । नपत्याएका व्यक्तिहरूबाट उचित सहयोग प्राप्त भइरहला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अध्ययन अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीसित भेट होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । माया प्रेमको सम्बन्ध विस्तार होला । लाभदायी यात्रामा सरिक भइएला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
धर्म कर्म तथा समाज सेवामा मन जानेछ । अवरोध रहेका कामकाज सुचारु हुनेछन् । रमाइलोमा दिन बित्ला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । शिर तथा आ“खा सम्बन्धी समस्याले निकै सताउला । आर्थिक सङ्कट आइपर्न सक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ । जागीरमा बढुवा तथा स्थानान्तरण होला । साथीभाइको विशेष सहयोग प्राप्त होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कृषि तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्ला । शुभ समाचार सुन्न पाइएला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
धन आर्जनका नया“ स्रोतहरू फेला पर्नेछन् । अवरोध रहेका कामकाज सुचारु होलान् । मन प्रसन्न बन्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
जग्गा जमिन तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । साथीभाइ तथा आफन्तको विशेष सहयोग मिल्ला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
लामो समयदेखि रोकिएका कामकाज सुचारु हुनेछन् । मातृपक्षको विशेष सहयोग मिल्ला । लाभदायी यात्रा होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला । धार्मिक सभा सम्मेलनमा सरिक भइएला ।