धरान / धरानको विकट वडा ४ नं. लाई धरान बजारको सडक सञ्जालसँग जोड्न प्रदेश सरकारले लगानी गरेको छ ।
धरान–१५ को निराजन बस्ती, हर्दिया, ढाडे, तेलनपुर हुँदै कन्यापोखरीसम्म करिव १९ किमी सडकको विहीबार प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीले शिलान्यास गरेका छन् ।
बहुबर्षीय योजना अनुसार प्रदेश सरकारले यो आर्थिक बर्षका लागि ३९ करोड बजेट विनियोजन भएको छ । कन्यापोखरी जोड्ने सडक निर्माण भए पछि धरान नेपालको पूर्वी पहाडी जिल्लाहरु इलाम, पाँचथर तथा ताप्लेजुङ्गसँग सिधा सम्पर्कमा जोडिने सभामुख भण्डारीले जानकारी दिए ।
भौतिक पूर्वाधार विकास कार्यालय, प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालयका सिनियर डिभिजन ईञ्जिनियर शुसिल श्रेष्ठको अध्यक्षतामा सम्पन्न शिलान्यास कार्यक्रममा धरान उपमहानगरपालिकाका नगरप्रमुख तिलक राइले सडक निर्माणसँगै धरानको दुर्गम वडा सुगम बन्ने बताएका थिए ।
सडक आयोजनाको ठेक्का गजुरमुखी लुम्बिनी जेभि कम्पनिले पाएको छ । तोकिएको समयमा गुणस्तरिय काम गर्ने गजुरमुखी निर्माण कम्पनीका प्रतिनिधि विदुर गौतमले प्रतिवद्धता व्यक्त गरेका छन् ।
शिलान्यास कार्यक्रममा उपप्रमुख मञ्जु भण्डारी, ४ नं वार्ड अध्यक्ष मानबहादुर राई, १५ न वार्ड अध्यक्ष नरेश कुमार ईवाराम, धरान उपमहानगरपालिकाका योजना महाशाखा प्रमुख सुरज श्रेष्ठ, नेकपाका प्रदेश कमिटी सदस्य अईन्द्र विक्रम बेघा, जिल्ला कमिटी सदस्य प्रकाश राई, नेपाली कांग्रेसका जिल्ला सचिव सुजेन्द्र तामाङ्ग, क्षेत्रिय सभापती सुरेशमान श्रेष्ठ, नेकपाका धरान नगर अध्यक्ष नारायणप्रसाद सुवेदीलगायतको उपस्थिति रहेको थियो ।