उर्लाबारी । कोभिड–१९ को संभावित संक्रमण फैलिन नदिन नेपाल सरकारले घोषणा गरेको लक डाउनको तेस्रो दिन भने उर्लाबारी पूर्णरुपमा बन्द भएको छ ।

  सडकमा अत्याश्यक काम बाहेक जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराएको बाहेकका सवारी चलेका छैनन । लकडाउनको पहिलो दिन अवज्ञा भएको भन्दै दोस्रो दिन उर्लाबारी नगरपालीका मेयर खड्ग फागो आफै सडकमा निस्कीएर सरकारको नियम अवज्ञा गर्नेलाई कार्यवाही गरेपछि अवज्ञा गर्नेको संख्या कमी आएको प्रहरी कार्यालयले जनाएको छ ।

4-days