धरान । राष्ट्रिय युवा संघ सुनसरी र नेकपा १६ न. वडा कमिटिले १६ नं वडा समिति संग सहकार्य गरेर शनिबार राहत वितरण गरेको छ । धरान १६ न.वडा स्थित नौलो वस्ति गैरि गाउ, गणतन्त्र वस्ति र अन्य चोकका गरि एक सय ५० विपन्न तथा दैनिक ज्यालादरिमा काम गरेर गुजारा गर्दै अाएका घर परिवारलाई राहत वितरण गरिएको राष्ट्यि युवासंघ नेपाल सुनसरीका अध्यक्ष भुवन याक्खाले जानकारी गराए । वा संघले यस अघि पनि धरान ११ स्थित सोलिङ वस्तिमा राहत वितरण गरेको थियो । राहत स्वरुप प्रत्येक परिवारलाई १५ केजि चामल वितरण गरिको युवा संघ सुनसरीले जनाएकाे छ ।

त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इटहरी उपमहानगर कमिटिले इटहरी उपमहानगरपालिकाको राहत कोषमामा १५ हजार केजी चामल उपलब्ध गराउने निर्णय गरेको छ ।
इटहरी उपमहानगरले स्थापना गरेको प्रकोप ब्यवस्थापन कोषमा विभिन्न दाताहरुले सहयोगको घोषणा गर्ने लहरसँगै नेकपा इटहरीले पनि कोषमा १५ हजार केजी चामल दिने भएको उपमहानगर कमिटि सचिव काँशीनाथ दङ्गालले जानकारी दिए ।