भद्रपुर/कैदीबन्दीलाइ नेपाल सरकारबाट उपलब्ध हुने दैनिक सिदा खर्च वापतको रकम रोकिँदा बन्दीहरु समस्यामा परेका छन् ।

झापा कारागारमा हाल १ हजार १५ जना पुरुष, ७७ महिला र ५ जना आश्रित छन् । कोभिड १९ को महामारी रोक्न सरकारले गरेको लकडाउनसँगै प्रति कैदीबन्दीले पाउँदै आएको दैनिक ६० रुपैयाँ रोकएपछि कैदीबन्दीमा समस्या उत्पन्न भएको हो ।

फागुन १५ यता देखी कैदीबन्दीले सिदा वापतको रकम नपाएको उनीहरुको भनाइ छ । चामल भएपनि अन्य सागसब्जी ,तेल,नुन नभएका कारण कारागारमा भोकमरी शुरु भएको एक बन्दीले बताए । ‘चामल मात्रै खान मिलेन सरकारले रकम पठाउँदैन उनले भने ।’ ‘कैदीबन्दीलाइ सरकारले थप पीँडा दिएको उनले सुनाए ।’

सिदा खर्च वापतको रकम नआएपछि कारागारमा समस्या उत्पन्न भएको जेलर राजेन्द्र निरौलाले बताए । प्रमुख जिल्ला अधिकारी हुदै विभागसम्म समस्याका बारेमा पटक– पटक लिखित तथा मौखिक जानकारी गराइसकिएको उनले सुनाए । हाल फायल अर्थमन्त्रालयमा अडकिएको हुनसक्ने उनले बताए । महिला कैदीको सङ्ख्या थोरै भएकोले आइतबार कार्यालयको तलव र खोजखाज गरेर महिलालाइ दिएको उनले बताए ।

जेलरले जानकारी गराएपछि तत्काल विभागलाइ जानकारी गराइसकेको झापाका प्रमुख जिल्ला अधिकारी उदय बहादुर राना मगरले बताए । जिल्लाका सवै समस्या प्रशासनमा ठोकिँने हुदा सवै समस्या जानकारमा नभएकोले सम्बन्धीत कार्यालय प्रमुखको बढी जिम्मेवार हुनु पर्ने उनले बताए ।