विराटनग / १ नम्बर प्रदेश स्तरीय आइटीएफ तेक्वाण्डो टेक्निकल सेमिनर कोर्ष शनिबार सम्पन्न भएको छ । दुई दिनसम्म संचालन भएको उक्त सेमिनरमा १ सय ३५ जना तेक्वाण्डोका खेलाडीहरूको सहभागिता रहेको थियो ।
सेमिनरमा प्रदेश १ भरीका तेक्वाण्डोका खेलाडीहरूको सहभागि रहेको आइटीएफका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश अध्यक्ष प्रविण कार्कीले जानकारी दिए ।
सेमिनरमा सैद्धान्तिक र व्यवहारीक पक्षको विषयमा प्रशिक्षण दिएको थियो ।आइटीएफ खेलाडीको व्यक्तित्व विकास गराउनुको साथै खेलकुद क्षेत्रको विकास गर्ने उद्देश्यले तेक्वाण्डोको सेमिनर गरिएको कार्कीले बताए ।
समापन कार्यक्रममा बोल्दै प्रदेश नं १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेश सरकारले खेलकूदलाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको बताए ।
मन्त्री घिमिरेले प्रदेश सरकारले खेलकूद ऐन जारी गरेको चर्चा गर्दै विराटनगरको शहीद रङ्शालामा रात्रिकालिन खेलकूदका लागि फ्लड लाइन जडान कार्य अन्तिम चरणमा पुगेको जानकारी गराए ।
कार्यक्रममा बोल्दै मन्त्री घिमिरेले खेलाडीहरू राष्ट्रियको गहना भएकोले यस क्षेत्रलाई व्यवसायिक बनाएर खेलाडीहरूको भबिष्य सुनिश्चित गरिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा राष्ट्रिय खेलकूद परिषदका पूर्व सदस्य सचिव केशव विष्टले ९ औं राष्ट्रिय खेलकूदका लागि अहिलेदेखि नै खेलाडीहरुलाई प्रशिक्षण दिएका प्रथम स्थान हासिल गर्न सकिने बताए ।
कार्यक्रममा बोल्दै आइटीएफका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश अध्यक्ष प्रविण कार्कीले खेलाडीहरू राष्ट्रियको गहना भएकोले राज्यले खेलकुद क्षेत्रलाई उच्च प्राथामिकतामा राख्नुपर्ने बताए ।
तीन तहको सरकारले खेलकुदल क्षेत्रलाई पहिलो प्रथामकिता राख्ने सकिए मात्र यस क्षेत्र व्यवसाियक बन्दै खेलाडीहरू आत्मनिर्भर बन्न सक्ने बताए ।
दुई दिनसम्म संचालन हुने सेमिनर तेक्वाण्डोका खेलाडीहरूको लाभदाही हुने उनको भनाई छ । सेमिनारमा प्रशिक्षणहरूमा नेपाल आइटिएफका केन्द्रीय सदस्य तथा ब्यालकबेल्ड कमिटिका अध्यक्ष घमबहादु थापा, प्रदेश १ का उपाध्यक्ष चुर्तरलाल चौधरी, प्रदेशका उपाध्यक्ष राजेन्द्र धिमालले दिनेछन् ।
कार्यक्रममा संयोजक जीतन थापा, जिल्ला अध्यक्ष प्रल्हाद राउत र किरण गिरी लगायतले राष्ट्रभक्तिमा खेलाडी सबैभन्दा अगाडि रहकोले उनीहरुलाई आवश्यक प्रशिक्षणका तीन तहको सरकारले व्यवस्था गर्नुपर्नेमा जोड दिए ।