ब्लाष्टखबर ।  ओली निकट केन्द्रीय सदस्यहरुको बैठकमा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली १ हजार १ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाउने घाेषणा गरेका छन् । 

प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको उक्त बैठकमा ओलीले नेकपामा अहिले भएका ४४६ जनाको केन्द्रीय कमिटीमा तत्काल ५५६ जना थप गर्ने र बाँकी १९७ पछि थप गर्न सक्नेगरी १ हजार १९९ सदस्यीय महाधिवेशन आयोजक समिति घाेषणा गरेको हुन्।

बैठकमा उनले आफूले पार्टी नफुटाउने बताएका बताउदै, पार्टीका अन्य नेतालाई कारबाही पनि नगर्ने बताएका छन् ।