राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा काठमाडौं किंग्स–११ को कप्तानी गर्ने भएका छन् ।
टोलीमा सन्दीपसँगै राष्ट्रिय टोलीका उपकप्तान दिपेन्द्र सिंह ऐरी रहे पनि टोलीको कप्तानी काठमाडौंले सन्दीपलाई दिएको हो ।
ईपीएलका लागि काठमाडौं किंग्स–११ ले विदेशी खेलाडीको रुपमा पाकिस्तानका पूर्वस्टार अलराउन्डर शाहिद अफ्रिदीलाई विदेशी खेलाडीको रुपमा अनुबन्ध गरिसकेको छ ।
काठमाडौंले उनलाई टोलीको कप्तानीको जिम्मा दिएको हो ।
सन् २०१८ मा सन्दीपले ललितपुरबाट सुरुवाती २ खेल खेलेर बिग ब्यास लिगका लागि अस्ट्रेलिया लागेका थिए ।
त्यसपछि सन्दीपले नेपाली फ्रेन्चाइज लिग खेलेका छैनन् ।
काठमाडौंमा कप्तान सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी, जितेन्द्र कुमार मुखिया, अमित श्रेष्ठ, राजु रिजाल, मोहम्मद साम्सद शेख, अमर सिंह राउटेला, सुवास खकुरेल, आकाश चन्द, अमृत भट्टाई, शेर मल्ल, सागर पुन र दीपेन्द्र रावतलगायतका खेलाडी छन् ।
चौथो संस्करणको ईपीएल आगामी असोज ९ देखि २३ सम्म त्रिवि क्रिकेट मैदानमा हुने तालिका छ ।